BREAKING NEWS

Health

Report

Amazing

प्रचण्डका कार्यकर्ताले नियम मिच्दै स्वागत गर्दै

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लाई सिमरा विमान स्थलबाट स्वागत तथा ¥यालीमा सहभागि गराउनका लागि निर्वाचण आयोगको नियम उल्लङघण गर्दै आफनो कार्यकर्तालाई पेट्रोल वितरण गरेको छ ।........ Read more ...........
आज विहान ८ बजे देखि १० बजे सम्म वीरगंज मुर्लि १५ स्थित सुरेश आयलवाट आफ्ना कार्यकर्ताको प्रति मोटरसाईकल २ लिटरका दरले २ सय ५० भन्दा वढि मोटरसाईकलमा पेट्रोल वितरण गरेको हो । सुरेश आयलको दुईवटा पेट्रोल मेशिन मध्ये एक मेशिन वाट ३ यस १८ र दोस्रोवाट २४८ गरि कुल ५ सय ६६ लिटर पेट्रोल वितरण गरेको सुरेश आयलको विलमा उल्लेख छ । हरेक मोटरसाईकलमा पार्टिको झण्डा र पर्सा क्षेत्र नंम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार बसरुदीन अन्सारीको स्टिकर मोटरसाईकलमा हुनैपर्ने गरि उनकै कार्यकर्ताले हरेक मोटरसाईकलको नम्बर लेख्दै तेल वितरण गरको हो । तेल वितरणको क्रममा केहि सुरेश आयलको कक्षमा कार्यकर्ताहरु संग विवाद समेत भएको थियो । अन्तिममा ४० भन्दा वढि मोटरसाईकललाई तेल वितरण नगरेकाले विवाद भएको पार्टिका सम्साद भन्नेले जनकारी गराएका थिए । 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger