BREAKING NEWS

Health

Report

Amazing

नुनको कृतिम अभाव गराउने लाई कार्वाही गर्ने ।

 भारतवाट नेपालका लागि  ल्याउदै गरेको नुन । वृस्तृत ................

नुनको कृतिम हाहाकार मचाएर व्यवसायिहरुले अपरान्ह देखि बारा , पर्सा रौतहटमा प्रति केजी १०० रुपैयामा विक्री वितरण गरेका छन् । बजारमा नुनको अभाव हुने भन्दै त्रास देखाएर नुनको कृतिम अभाव भएको हल्ला संगै शुक्रवार विरगंज लगायत कलैया, गौर लगायतका बजारहरुमा नुन किन्ने उपभोक्ताहरुको भिड लागेको थियो । निर्वाचनमा सिमा क्षेत्रमा सिल गर्ने चर्चा संगै एकाएक नुनको अभाव हुने हल्ला फैलिएपछि आयो नुनको प्रति पाकेट १०० रुपैयामा विक्री भईरहेको र नुन किन्न बजारमा उपभोक्ताहरुको भिड लागेको एक व्यवसायीले बताए । यता साल्ट ट्रेडिङ्ग करर्पोरेशन क्ष्ँेत्रिय कार्यालय वीरगंजका प्रमुख आमोद लामिछानेले साल्ट ट्रेडिङ्ग संग नुनको स्टक प्रयाप्त रहेको र महिनौ सम्म पुग्ने नुन भण्डारमा राखिएको हुंदा नुनको कुनै किसिमको अभाव नरहेको र साल्ट ट्रेडिङ्गले तोकिएकै मुल्यमा विक्री वितरण गरेको बताए । यसैबिच प्रहरीले नुनको कृतिम अभावको हल्ला फैलाएको भनि केहि ब्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत बिहारको समस्तीपुर र भागलपुरका व्यवसायिहरुले आफूहरु सग नुनको स्टक बढी भए पछि विक्री गर्नका लागि कृतिम अभाव को हल्ला मच्चाएर सिमावर्ती भारतीय बजार तथा मध्यतराईका जिल्लाहरुमा आम उपभोक्ताहरुमा हाहाकार मच्चाएको बुझिएको छ । नुनको कृतिम अभाव गराउने लाई कार्वाही गर्ने । ।  भारतवाट नेपालका लागि आऊदै ल्याउदै गरेको नुन ।।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger