BREAKING NEWS

Health

Report

Amazing

शुभ साईत आज तिहार पर्व

हिन्दु धर्मावलम्बीको दोश्रो ठुलो पर्व तिहार आज देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्धितियासम्म
५ दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार हो । धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ । आजै आयुर्वेदका आचार्य धन्वन्तरिको जन्म भएकोले धन्वन्तरि जन्मजयन्ती पनि मनाईदैछ । आजका दिन नया भाँडा किन्ने र त्यसैमा नैवैद्य बनाई लक्ष्मीलाई अर्पण गर्ने परम्परा छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन् । वीरगंजको मुख्य बजारका रुपमा चिनिने माईस्थान चोकमा विभिन्न आधुनिक फुल, माला, फलफुल, मिठाईका पसल लगायत भाडा क्ुडाका पसल, सुनचादिका ज्वेलर्सहरुमा अरु दिनको तुलनामा तेब्बर सर–समान किन्नेको भिड देखिएको छ । आजको दिनलाई शुभ साईतको रुपमा लिने हुदाँ आधुनिक मेसिन, राईस कुकर, हातले बनाईएका विभिन्न झिलिमिलि बतिहरु सडक छाउ–छाऊ भरि भराऊ रुपले सजाईएको छ ।  त्यसैगरि आजको दिनमा भाडाकुडा किन्ने चलन हुने हुदाँ वीरगंजको लोहारपट्टि, आर्दनगर चोक, महाविर स्थानका भाडा बेच्ने पसलहरुमा ग्राहकहरुको निकै घुईचो देखिएको छ । 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger