BREAKING NEWS

Health

Report

Amazing

छठपर्वका लागि सरसफाई l

 सशस्त्र प्रहरी बलको १३ औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत
बिहीबार घडिअर्वा पोखरी परिसरमा सरसफाई गरिएको छ । प्रहरी नायब उपरिक्षक रंजनकुमार बुढाथोकीको नेतृत्वमा रहेको २२ जना सशस्त्र प्रहरी टोलीले पोखरी परिसरको घाँस उखेल्ने, रुखका हाँगा काटछाँट गर्ने र फोहोर संकलन गरेका हुन् । साथै पोखरी परिसरमा राखिएका डुंगाको सहयोगमा पोखरी भित्रको प्लाष्टिकजन्य फोहोर, झार र काइ समेत सफाई गरिएको सशस्त्र प्रहरी सहायक निरिक्षक मीनबहादुर कटुवालले बताए । सरसफाई कार्यक्रममा भीम जिरेल, रत्न चौधरी, चन्द्र श्रेष्ठ,नविन थापा, शम्भू सिन्हा, प्रेम ओली, जंगबहादुर विक रहेका थिए । कार्यक्रमका अवसरमा छठ पूजा समितीका संयोजक शम्भू साह कानूको समेत उपस्थिति रहेको थियो । स्थापना दिवसका अवसरमा यसअघि बुधबार वीरगन्जको पिपरा मठ, नृसिंह मावि, गण्डकस्थित शिव मन्दिर परिसरमा समेत सफाई गरिएको थियो । त्यस्तै बुधबार दिउँसो नारायणी रंगशालामा वीरगन्ज यूनाइटेड र सशस्त्र प्रहरीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । स्थापना दिवसको अवसरसँगै चाडपर्वको समेत अवसर परेकाले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेका सशस्त्र प्रहरी आउट पोष्टको टोलीले स्थानीय मठ मन्दिर र धार्मिक पोखरीहरुको सरसफाई गर्ने कार्यृक्रम रहेको प्रहरी  उपरिक्षक गणेश ठाडा मगरले बताए ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger