BREAKING NEWS

Health

Report

Amazing

भ्रष्टाचार विरोधी अभियान


यूवाहरुको खुल्ला समूह तन्नेरी चासोमा आवद्ध यूवाले बिहीबार वीरगन्ज नगरवासीहरुलाई अपराधी र भ्रष्ट उम्मेदवारलाई
संविधान सभा निर्वाचनमा भोट नदिन आग्रह गरेका छन् । देशका विभिन्न जिल्लाहरुको दौडाहा अभियान लिएर हिंडेका यूवाहरुको टोलीले बिहान वीरगन्ज आइपुगेर घण्टाघर चोकमा भेटिएका सर्वसाधारणलाई भ्रष्ट र अपराधी उम्मेदवारलाई पहिचान गरेर निर्वाचनमा उनीहरुलाई बहिष्कार गर्न आग्रह गरेका हुन् । गत आइतबार दोलखाबाट शुरु भएको अभियान दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, तनहुँ, धादिङ, नवलपरासी, चितवन, मकवानपुर हुँदै पर्सा आइपुगेको हो । टोली बिहीबारै बाराको सदरमुकाम कलैयामा कार्यक्रमको आयोजना गर्दै मकवानपुरको पालुङग हुँदै काठमाण्डौ पुग्नेछ ।सहभागीहरुले स्थानीय उम्मेदवारहरुलाई भ्रष्टाचारविरुद्धको अभियानमा प्रतिबद्धता जनाउन आग्रह गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्न लगाएका छन् । अभियानको नेतृत्व तन्नेरी चासोका संयोजक नविन सिलवालले गरेका छन् । अभियानको दौडाहामा पर्साका शिवनाथ यादव, चेतनारायण रसाइली, नवलपरासीका देवी पाण्डे, काठमाण्डौंकी दीप ज्योती श्रेष्ठ, चितवनकी राधा ढकाल, काठमाण्डौंका रमेश श्रेष्ठ, दोलखाका श्याम श्रेष्ठ, धनुषाका रुपेश कर्ण, दोलखाका गणेश बुढाथोकी, नुवाकोटका गणेश ढकाल, काठमाण्डौं साम्भवी चापागाइँ, नुवाकोटका सिजन भट्टराई, काठमाण्डौ ंसमीक्षा न्यौपानेलगायतको सहभागीता रहेको छ ।


Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger