BREAKING NEWS

Health

Report

Amazing

विद्यार्थीहरुको लागि ‘ ‘सेल योर सेल्फ’’ तालिम, सफल व्यक्तित्व बन्न असल नागरीक बन्न सक्नुपर्नेमा जोड फोटो फिचर ।

पुस २५ पर्सा
विद्यार्थीहरुले आफनो क्षमतालाई प्रस्तुत गर्न सर्वप्रथम असल नागरीकको रुपमा आफुलाई प्रस्तुत गर्नुसक्नुपर्ने मेगा बैक वीरगंजका प्रमुख आमरत्व ओजश्वी उपाध्ययले बताउनु भएको छ ।
वीरगंज पब्लीक कलेजले आज होटल मकालुमा ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरेको ‘ ‘सेल योर सेल्फ’’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उपाध्ययले अहिलेको प्रतिस्पर्धि युगमा विद्यार्थीहरुले असल नागरिक भए सफलता प्राप्त गर्न कठिनाई नरहेको बताउदै असल नागरिकका लागि आफुमा अबलम्बन गर्नुपर्ने गुणहरु निर्वाह गरे एक प्रतिस्ठित व्यक्ति बन्न ग्राहो नहुने बताउनु भएको थियो । विद्यार्थीले आफ्नो लक्ष्य सम्म पुग्नका लागि आफैले ९० प्रतिशत सम्म जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाउदै सफल ब्यक्ति बन्नका लागि १० प्रतिशतको भुमिका आर्थिक, समाजिक र घरायसि समस्याले अवरुध गर्न नसक्ने आफनो धारण व्यक्त गर्नु भएको थियो ।

यसैगरी प्रतिस्पर्धी युगमा कुसल व्यक्तित्व बन्न अनुशासनको समेत उत्तिकै महत्वपुर्ण भुमिका रहने एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भएको छ । जागिरका लागि डिग्रि प्राप्त मात्रै गरेर नहुने बताउदै जागिरका लागि राजनितिक, समाजिक र भौगोलिक अवस्थाको बारेमा जनकार हुनैपर्ने बताएका थिए । त्यस्का लागि पत्रपत्रिका, देशको अवस्थाको बारेमा बुझन खुलेर एक अर्कामा चर्चा परिचर्चा गर्न सक्नु पर्ने विद्यार्थीहरुलार्य सुझाव दिएका थिए । ब्यूरो प्रमुख श्रेष्ठले जति प्रविधि भित्रदैछन्् त्यति विद्यार्थीहरु अल्छी र गलतबाटोमा लाग्दै गएको बताउदै त्यस्ता गल्त सङगतबाट आफुलार्य टाढै रख्नसक्नुपर्ने बताएका थिए । 
कार्यक्रममा लक्ष्मी बैकका निर्देशक विश्वकरण जैनले फेसबुकका जो निर्माता हुनुहुन्छ मार्क जोर्ब उनि सुरुवातमा कम्पयुटर समेत चलाउन जानेका थिएनन् तर आफुलाई कुन विषयमा रुचि राख्ने के गर्न सके विश्व आफ्नो हातमा पार्न सकिने ढुड संकलपका साथ त्यहि विषयमा अगाडि बढे सफलता आफ्नो हातमा पार्न सक्ने बताएका थिए । अर्को प्रशङगमा राष्ट्रिय वाणिज्य बैकका थाई जागिर छोडेर आफ्नो इच्छा शक्ति पाउनका लागि लगनका साथ संर्घषशिल काममा लागे अहिले एक प्रतिस्ठित टेलिभिजन एभिन्यूज टेलिभिजनका ब्युरो प्रमुख भई आफनो ठाउँको साथसाथै देशभर आफुलाई चिनाउन सक्ने जैनले बताएका थिए ।

कार्यक्रममा कलेजका प्रमुख बाशु कर्ण, युगल किसाे, कोर्डिनेटर प्रेम पटेल, विएमआईका कोर्डिनेटर अरविन्द श्रेष्ठ, प्रध्यापक शंकरमान श्रेष्ठ लगायत प्रशिक्षक डा. दिपक शाक्य र बाशु कर्णको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ईन्टरान्स परीक्षामा टप १० गरेका छात्र छात्रा अमृत सुवेदि र रचना ओझा पहिलो त्यसैगरी अफसरा कार्कि दोस्रो सरोज डंगोल तेस्रो आन्नद गुप्ता र आन्नद साह चौथो, रोहित कुमार पटेल पाचौँ रितिक अग्रवाल र प्रकाश कुमार कलवार छठौँ मन्दीप कुमार खडका सातौँ, सोनि सिंह आठौँ मनिषा गुप्ता नौँ औ, आकृति लमसाल, अर्चना गुप्ता र स्नाहा रेग्मी दशौँ स्थान हासिल गरेकाहरुलाई कार्यक्रमका अतिथिहरुले सम्मान गरेका थिए । यसैगरी विभिन्न विद्यालयबाट डिष्टीन्सन होल्डर २१ जनालाई सम्मान समेत गरेको थियो ।

तस्बिरहरु :















कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger