BREAKING NEWS

Health

Report

Amazing

सलमान खानको बजार बन्यो नेपालीको छाती ! के बन्ने, 'बीइङ ह्यूमन वा ह्यूमन बिइङ' ?

Salman Khan





कृ
विजय आवाज
यतिबेला नेपालले आफन्त र पराइ चिन्ने मौका पाएको छ । दुखेको घाउमा मल्हम लगाइदिने र मल्हम लगाइदिने बहानामा झनै चर्‍याउने काम गर्नेहरुलाई नेपालीले विस्तारै पहिचान गर्दैछन् । यही मेसोमा यतिबेला नेपाली जनताका लागि नेपालसँगै बलिउड र हलिउडका कलाकारको साथ र हातले पनि उमंग दिन्छ र दिइरहेको छ ।
हामी कहिलेकाही दृष्टिविहीन पाराले हात्ती छामेर आ(आफ्नै तरिकाले विवेचना गर्छौं । शनिबार फेसबुकमा देखिएको केही स्टाटसले यस्तै कुराको संकेत गर्‍यो ।
बलिउडका सर्वाधिक चर्चित नायक सलमान खानले १० करोड सहयोग र २ वटा हेलिकप्टर नेपालका भूकम्प पीडितहरुका लागि दिएको चर्चाले फेसबुक गर्मायो । सलमानका फ्यानहरुले उनको फेसबुक र ट्विटर समेत नहेरी सलमानको फ्यान भएकोमा गर्व गरे ।
त्यसको २ दिनमै सलमानले यो कुराको खण्डन गरे । सलमानले आफूले दिन लागेको भनिएको सहयोगको खबर झुटो रहेको बताए । कुनै विदेशी कलाकारले सहयोग गर्छ या गर्दैन भन्ने कुरा ठूलो होइन । सलमान खानले नेपालीलाई सहयोग नगर्दा हामी भोकै भौंतारिने पनि होइनौं । सलमानले नेपाललाई सहयोग गर्नैपर्छ भन्ने पनि कहाँ छ र रु
तर, प्रश्न त्यतिबेला उठ्यो, जतिबेला सलमानले आफूले संचालन गर्दै आएको च्यारेटीबल संस्था बीइङ ह्यूमनले भारतीयहरुलाई मात्र सहयोग गर्ने स्टाटस फेसबुकमा लेखिदिए । भूकम्प गएको करिब ९ दिनपछि सलमानले लेखेको यो स्टाटसले धेरैको मन भूकम्पले चर्काएको घर जस्तै चर्काएको छ । सलमानले ९ दिनसम्म नेपालमा गएको भूकम्पको बारेमा कुनै शब्द कोरेनन् न त सहानुभूतिको मन नै देखाए ।
एक बर्ष अगाडि सलमान खानको यो च्यारेटीबल संस्थाले नेपालको काठमाण्डौ स्थित राइजिङ मलमा बीइङ ह्यूमनको पसल खोलेको थियो । सोही क्रममा बीइङ ह्यूमन लेखिएका टिसर्ट र पाइन्टबाट आएको रकम नेपालका विभिन्न क्षेत्रमा पनि सहयोग गरिने बताइएको थियो । तर, त्यसको केही समयमा नै सलमानले नेपालमा खोलिएको पसल कपडा मात्र बेच्नका लागि हो भनेर पुष्टि गरिदिए ।
अहिले नेपालमा यो टिसर्ट प्रशस्त विक्री हुन्छ । जसबाट उठेको रकम भारतीय नागरिकहरुको लागि खर्च हुँदै आएको प्रष्ट हुने समय लाग्दैन । यो टिसर्ट लगाएर धेरै नेपाली र सलमानका फ्यान बीइङ ह्यूमन बनेकोमा गर्व गरिरहेका छन् ।
अब, एउटा प्रश्न, भारतीय नागरिकका सामु सलमान खानलाई देवता बनाउन हामीले बीइङ ह्यूमनको टिसर्ट लगाएर गर्व किन गर्ने रु हामी जाडोले काप्दा न्यानो नदिने टिसर्टमा हामीले किन छाती फुलाउने रु
बरु, आइ लभ नेपाल लेखिएका टिसर्टमा नै हामीले मानवता, सहायता र राष्ट्रियता किन नखोज्ने रु राजेश हमालले नेदरल्याडमा करोड जुटाइरहादा, प्रियंका कार्कीले लण्डनमा निशुल्क आफ्नो प्रस्तुती दिएर लाखौं रकम जम्मा गरिरहदा, केकी र करिश्मा हराएका सपनामा आशा खोज्न आफ्नै दिदी बहिनीसँग हातेमालो गरिरहदा, हामीले यता ध्यान दिने कि नदिने रु
फेसबुकका भित्तामा सलमान खानले गर्दै नगरेको कुरामा गर्व गरेर रमाइहँदा हाम्रा कलाकारले नेपालीसँग गरेको हातेमालोमा नयाँ ईट्टा थप्ने कि नथप्ने रु
साहरुख खान, अमिताभ बच्चन, आमिर खान, रणवीर कपुर, आलिया भट्ट, करण जोहरले नेपालमा आएको विनाशकारी भूकम्पमा भलै मुखैले भए पनि सहानुभूति र साथको कुरा गरिरहँदा सलमान खान बीइङ ह्यूमन नेपालका लागि नभएको बताउँछन् । आउनुहोस्, आइ लभ नेपाल लेखेको टिसर्टमा हामी ह्यूमन बीइङको खोजी गरौं । संसारमा मानवता ‘ह्यूमन बीइङ’मा अडिएको छ । अब, तपाई आफै छनोट गर्नुहोस्, बीइङ ह्यूमन बन्ने या ह्यूमन बीइङ ।
salman-khan-status














भनिन्छ, छिमेकी मर्दा र पर्दामा काम लाग्छन् । बिहेमा जन्ती जाने भन्दा मर्दा मलामी जाने असल छिमेकी हुन् । छिमेकीको साथ हाँसोमा भन्दा आँसुमा डुब्दा ज्यादा मुल्यमान हुन्छ । वैशाख १२ गते गएको भूकम्पपछि नेपालीहरु यस्तै साथको खोजी गर्दैछन् ।
हामीले दिएको २ किलो चामलले कसैको जीवनभरको भोक मेट्दैन, तर उसमा बाँच्ने आशा र साहस पलाउँछ । हामीले थप्थपाएको हातले कसैको जिवन ठडिदैन, तर आफै ठडिने अठोट बन्छ । यसैले पनि हामी यतिबेला यस्तै हात र साथको खोजी गरिरहेका छौं, जसले हामीलाई २ दिनको भोजन होइन, जीवनभर उठ्ने साहस दिओस् । सलमान खानले भने मैले नेपाललाई सहयोग गरेको छैन ।स्रोत  OnlineKhabar.com

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media. 








Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger