BREAKING NEWS

Health

Report

Amazing

एनसेलले पुनर्निमार्णका लागि एक अर्बभन्दा बढी सहयोग गर्ने



| २०७२ बैशाख २२ मंगलवार| २०७२ बैशाख २२
काठमाडौं : नेपालको  दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले भूकम्प प्रभावित र ध्वस्त संरचनाको पुनर्निमार्णका लागि एक अर्बभन्दा बढी सहयोग गर्ने भएको छ। 
 
एनसेलका कार्यकारी प्रमुख एरिम टाइलानलारले टेलियासोनेरा र एनसेलले भूकम्पबाट ध्वस्त मुलुकको पुनर्निर्माण कार्यका लागि टेलियासोनेराको तर्फबाट १० लाख डलर र एनसेलबाट रु १ अर्बको सहयोग प्रतिवद्धताबारे प्रधानमन्त्रीलाई अवगत गराएको जानकारी दिएका छन्।
 
यसबाहेक टेलियासोनेराले टेलियासोनेराकाकर्मचारीमार्फत पनि सहायता जुटाइरहेको छ, र जम्मा भएको रकम टेलियासोनेराले दोब्बर गर्नेछ । हाल सम्म कर्मचारीहरुले करिब ४० हजार डलर प्रदान गरेका छन्।
 
यी रकमकहाँ र कसरी सदुपयोग हुनेछ भन्ने बारे कुनै निर्णय भईसकेको छैन । यो पक्का हो किटेलियासोनेरा र एनसेलको यसम ादूरगामी सोच रहने छ र यी रकमको वास्तवमै कसरी सदुपयोग हुनेछ भन्ने बारे स्थानिय र अन्तर्राष्ट्रिय विज्ञ दुबैसँग छलफल गरिनेछ , एनसेलका कार्यकारी प्रमुख टाइलानलारले भने। 
 
एनसेलले मोवाईल नेटवर्क पुनर्निर्माण गर्ने कार्यमा कुनै कसर नछोड्ने टाइलानलारले बताए। 




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger