BREAKING NEWS

Health

Report

Amazing

दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरका पाइलटकी आमा भन्छिन्, ‘मेरो छोरो हिरो हो’

051515pilot_th3
काठमाडौं  जेठ २ (एजेन्सी)– भूकम्पपीडितका लागि सहयोग गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर युएच–१ ह्युई दुर्घटनामा पर्यो । गत मंगलबार हराएको हलिकप्टर शुक्रबार भेटियो । 
हेलिकप्टरमा ६ अमेरिकी र दुई नेपाली सैनिक थिए । सबैले ज्यान गुमाए । हेलिकप्टरमा पाइलट थिए, क्रिस नर्गेन । यो दुःखद खबर सुनेपछि नर्गेनकी आमा केरीले अमेरिकन मिडियालाई भनिन्, ‘मेरो छोरो मेरो नजरमा हिरो छ, ऊ मसँगै छ र सधैँ रहिरहनेछ ।’ स्वर्गीय क्रिस अमेरिकाको विचितामा जन्मिएका हुन् । उनले विसप क्यारोल क्याथोलिक हाइस्कुल, विचिता स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ मिसुरी–रोलामा अध्ययन गरेका थिए । क्रिसका बाबु रोन धेरैपटक बिरामी परेका थिए, तीन पटकसम्म त मृत्युको मुखमा पुगेका थिए । रोन रोगका कारण नै ३० दिनसम्म कोमामा परेका थिए । रोनले नर्गेनकी आमाको रेखदेखका लागि नै भगवानले आफूलाई बचाएको बताएका छन् । उनले आउँदा दिनमा श्रीमतीलाई सहयोग गर्ने र छोराको सम्झनामा केही काम गर्ने बताएका छन् । रोन भन्छन्, ‘म बिरामी भई हस्पिटलको बेडमा हुँदा क्रिसले बिदा लिएरै लामो समय मलाई साथ दिएको थियो ।’ राहत र उद्धारका लागि नेपाल आएका क्रिस अस्थायी बसोबास बनाउन भूकम्प प्रभावित ग्रामीण भेगमा खटिएका थिए । आमा केरीले क्रिस बहादुर तर भावुक भएको बताएकी छिन् । उनी भन्छिन्, ‘ऊ भन्थ्यो, आमा कसै न कसैले त पीडितहरूका लागि सहयोग गर्नुपर्छ । ऊ बहादुरसँगै भावुक थियो ।’
 अहिले अमेरिकास्थित क्रिसको कार्यालयमा क्रिसको सम्झना गरिएको छ । कार्यालयका भित्तामा सम्झनास्वरुप क्रिसका तस्बिर टाँगिएका छन् । 



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger