BREAKING NEWS

Health

Report

Amazing

वैज्ञानिकले घटाए भातको क्यालोरी, जति खाए पनि भुँडी नलाग्ने, यसरी घटाउन सकिन्छ भातको क्यालोरी


श्रीलंका - भुँडी लाग्ने डरले बिहान(बेलुका भात खान डराउनेहरुलाई अब खुसीको खवर छ । जतिसुकै भात खाए पनि भुँडी नलाग्ने प्रविधि बैज्ञानिकले पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले गरेको यो आविस्कारले मोटोपनाको शिकार भइरहेका मानिसलाई फाइदा पुग्ने दाबी गरिएको छ ।
चामलमा उच्च मात्रामा कार्बोहाइड्रेट पाइन्छ । त्यसैले बढी मात्रामा भात खाने गर्नाले उच्च क्यालोरी आपूर्ति भई त्यसले शरीरमा मधुमेहको जोखिम बढाउँछ ।
एक कप पाकेको भातमा २ सय क्यालोरी उर्जा हुन्छ । चामलमा भएको स्टार्चबाट यो उर्जा आउँछ जुन शरीरमा गएपछि चिनीमा परिणत हुन्छ र अन्त्यमा प्रायः बोसोमा बदलिन्छ ।
विश्वका धेरै देशका मानिसहरुको मुख्य खाना नै भात हो र विश्वमा खपत हुनेमध्ये ९० प्रतिशत चामल एशियामै खपत हुन्छ । धेरै मानिसहरुको मुख्य खाना भात नै रहेको तर यसको बढी सेवन स्वास्थ्यका लागि लाभदायी नहुने कुरालाई मध्यनजर गर्दै वैज्ञानिकहरुले भातमा भएको क्यालोरी घटाउने उपाय निकालेका छन् ।
श्रीलंकाका अनुसन्धानकर्ताहरुले यस्तो विधि पत्ता लगाएका छन्, जसबाट भातमा भएको क्यालोरी ६० प्रतिशतसम्म घटाउन र भातको खुराकलाई स्वस्थकर बनाउन सकिन्छ ।
कसरी घटाउने क्यालोरी रु
चामललाई नरिवलको तेलमा उमाल्ने र त्यसपछि त्यसलाई आधा दिनजसो फ्रिजमा चिसो पारेर राख्नाले भातमा भएको क्यालोरी नष्ट हुने शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकी केमिकल सोसाइटीको राष्ट्रिय बैठकमा शोधकर्ता सुधैर जेम्सको टोलीले आफ्नो अनुसन्धानको प्रारम्भिक नतिजा प्रस्तुत गरेका हुन् ।
‘हामीले गरेको प्रयोग सामान्य भात पकाएजस्तै नै हो । तर, पानी उम्लिसकेपछि चामल ओइरिनु अगाडि चामलको तौलको ३ प्रतिशत जति नरिवलको तेल उम्लेको पानीमा मिलायौँ अनि मात्र चामल राखेर पकायौँ’, जेम्सले आबिस्कार गरेको नयाँ बिधिबारे भने, ‘जब भात पाकेर तयार हुन्छ तब त्यसलाई हामीले १२ घण्टासम्म रेफ्रिजेरेटरमा राख्यौँ, मात्र यत्ति हो ।’
कसरी गर्छ काम रु
नरिवलको तेलमा पकाएर फ्रिजमा राख्दा भातको क्यालोरी कसरी घट्छ रु यो कुरा बुझ्नका लागि खाद्य रसायन विज्ञान बुझ्नु आवश्यक छ ।
चामलमा हुने सबै स्टार्च एकै किसिमको हुँदैन । कतिपय पेटमा छिटै पच्दछ र ग्लुकोजमा परिणत हुन्छ, जुन पछि ग्लाइकोजेन बन्दछ । तर, अन्य केही स्टार्च भने तत्कालै ग्लुकोज र ग्लाइकोजेनमा परिणत हुँदैन र त्यसबाट कम मात्र उर्जा उत्सर्जन हुन्छ । भात पकाउने तरिकाबाट यसको स्टार्चलाई तत्कालै नपच्ने प्रकारमा परिणत गर्न सकिन्छ ।
शोध निर्देशक डाक्टर पुष्पराज थवराजका अनुसार यदि पच्ने प्रकारको स्टार्चको मात्रालाई घटाउन सक्ने हो भने क्यालोरी न्यूनीकरण गर्न सकिन्छ र यसको प्रभाव ठूलो हुन्छ ।
३८ प्रकारको चामलमा परीक्षण
यही तथ्यलाई हृदयंगम गर्दै जेम्स र थवराजले श्रीलंकामा पाइने विभिन्न ३८ प्रकारका चामलबाट तयार पारिएका भातका परिकारमा परीक्षण गरे । त्यसक्रममा उनीहरुले चामललाई पकाउनु अगाडि नरिवलको तेल हाल्ने र पाकिसकेपछि तत्कालै चिस्याउँदा स्टार्चको प्रकृति ठूलोरुपले परिवर्तन भएर भात स्वस्थकर बन्ने तथ्य पाए ।
शोधकर्ता जेम्सका अनुसार तेलले चामलमा भएको स्टार्चसँग रासायिनक प्रतिक्रिया गरी त्यसको संरचनालाई परिवर्तन गरिदिन्छ । भातलाई फ्रिजमा चिस्याउनाले स्टार्चको अर्कै रुपमा परिवर्तन हुने प्रक्रियालाई बढावा दिन्छ ।
तत्काल पच्न नसक्ने त्यस्तो स्टार्चलाई प्रतिरोधी स्टार्च अर्थात् रेसिस्टेन्ट स्टार्च भनिन्छ । त्यसको अर्थ भातको क्यालोरी मूल्य घट्छ र यसलाई पुनः तताए पनि त्यो बढ्दैन ।
पकाउने तरिका, जसले विश्व बदल्न सक्छ
न्यून क्यालोरीयुक्त भातको विषय ठूलो महत्वको विषय हो । विश्वमा मोटोपनाको दर बढिरहेको छ, खासगरी विकाशशील विश्वमा जहाँ मानिसहरु भात लगायतको सस्तो खानेकुरामा भर परेका हुन्छन् ।
चामलका सबैभन्दा ठूला उपभोक्ता भारत र चीनमा मोटोपनाको समस्या उच्च दरमा बढिरहेको छ । हुन त मोटोपनाको एकमात्र कारण भात भने होइन । तर, यसले मोटोपनालाई बढाउन मुख्य सहयोग भने गरिरहेको छ । त्यसैले भातमा हुने क्यालोरी घटाउन सकियो र त्यो पनि १० प्रतिशत मात्रै भए पनि त्यसले भावी पुस्तामा ठूलो प्रभाव पार्नेछ ।
मोटोपना संसारभरिको समस्या
शोध निर्देशक थवराजका अनुसार मोटोपना केही समयदेखि अमेरिकाको मुख्य स्वास्थ्य समस्याका रुपमा रहेको भए पनि अहिले एसियामा समेत यो समस्या बन्दै गएको छ ।
एसियाका मानिसहरुले धेरै मात्रामा भात खान्छन, जुन स्वास्थ्यका लागि राम्रो होइन ।
शोधकर्ताहरुले विभिन्नखाले अन्य जातका चामलमा समेत यो विधि अपनाएर क्यालोरी घटाउन सकिने विषयमा अनुसन्धान गर्नेछन् ।
नरिवलको तेलसँगै सूर्यमुखी लगायत अन्य  तेलको प्रयोग गरेर समेत यसरी भातको क्यालोरी घटाउन सकिन्छ कि भन्ने विषयमा समेत उनीहरुले अनुसन्धान गर्ने बताइएको छ ।
शोध निर्देशक थवराज भन्छन्, ‘यो चामलमा मात्र सीमित छैन । के हामीले यस्तै विधि रोटीमा समेत अपनाउन सक्छौँ रु यो अहिलेको मुख्य प्रश्न हो ।’
( स्रोत स् वाशिङटन पोष्ट


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

1 comment :

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger