BREAKING NEWS

Health

Report

Amazing

आउँदो शुक्रबार दिउँसै हुनेछ रात, अँध्यारोमा डुब्नेछ धर्ती


आउँदो शुक्रबार अर्थात ६ चैत ९मार्च २० तारिक०, सूर्यग्रहणको दिन एउटा यस्तो अचम्म खगोलीय घटना हुँदैछ जसका कारण पूरै धर्ती अँध्यारोमा डुब्नेछ ।
पूर्ण सूर्यग्रहणका कारण हुँदैछ यस्तोः
आउँदो शुक्रबार दिउँसो सो घटना हुँदैछ । यो दिन सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्दैछ । यो यस वर्षको पहिलो सूर्यग्रहण हुनेछ । यो खगोलीय घटना युरोप। अटलान्टिक महासागर र अफ्रिकामा देखिनेछ ।
करिब चार घण्टा चल्नेछ यो क्रमः
खगोलविद्हरुका अनुसार यो सूर्यग्रहण नेपाली सयम अनुसार चैत ६ गते दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । सूर्य, पृथ्वी र चन्द्रमाको रमाइलो भूमिका भएको घटनाक्रम लगभग ४ घण्टासम्म चल्नेछ ।
मात्र २ मिनेट ५० सेकेन्डको पूर्ण ग्रहणः
यद्यपी यो सूर्यग्रहण करिब ४ घण्टासम्म चल्नेछ तर पूर्ण ग्रहण दिउँसो ३ बजे हुनेछ । यो समयमा सूर्यलाई चन्द्रमाले पूरै ढाक्नेछ जसले धर्तीमा पूरै अँध्यारो छाउनेछ र यो स्थिती २ मिनेट ५० सेकेन्डसम्म रहनेछ ।
स्रोतः स्पेश डटकम
यसअघि चैत  ६ हुनुपर्नेमा ५ हुन गएकोमा सच्चाइएको छ ।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger