BREAKING NEWS

Health

Report

Amazing

पक्राउ परेका पाण्डेलार्इ मुटुमा समस्या, अदालतको साटो गंगालाल अस्पताल लगियो


४ चैत, काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुटुमा अचानक समस्या देखिएपछि उनलार्इ अस्पताल भर्ना गरिएको छ।
पाण्डेलाई काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । तीन दशक पुरानो मुद्दामा उनी मंगलबार साँझ पाण्डे पक्राउ परेका थिए ।

बुधबार पाण्डेलार्इ अदालतमा पेश गर्ने तयारी थियो । बिहान पाण्डेले आफूलाई मुटुमा असजिलो भएको बताएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले अस्पताल लगेको छ ।

पाण्डेलाई मंगलबार साँझ सीआईबीले उनकै निवास बालुवाटारबाट नियन्त्रणमा लिएको थियो । मंगलबार साँझ परिसकेकाले अदालत पेश गरिएको थिएन ।

पक्राउ अघि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले पाण्डेको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने कारण नभएको फैसला सुनाएको थियो । वि।सं। ०३८ सालमा तत्कालीन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडमा रहँदा भ्रष्टाचार गरेको भन्दै पुनरावेदन अदालतले पाण्डेलाई जेल सजायँ सुनाएको थियो । तर, दरबारको हुकुम प्रमाङ्गीमा उनी सजायँ मुक्त भएका थिए ।पाण्डे उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि १ वर्ष ९ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको थियो । जसमा जिल्ला अदालतले फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशपछि आफूलाई हुकुम प्रमाङ्गीबाट कैद मिनाह पाएको भन्दै पाण्डे सर्वोच्च गएपछि थुनछेक नगर्न अन्तरिम आदेश दिइएको थियो ।सर्वोच्चले मंगलबार अन्तरिम आदेशलाई निरन्तरता दिएन र यससँगै अन्तिम फैसला नहुँदासम्म जिल्ला अदालतको आदेश कार्यान्वयनको बाटो खुल्यो ।

पाण्डे गत चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger