BREAKING NEWS

Health

Report

Amazing

गुप्ता वीउवासङ्घको उपाध्यक्षमा मनोनित




वीरगञ्ज, ५ माघ
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) को रोजगारदाता परिषद्को संयोजकमा सुवोधकुमार गुप्ता मनोनित भएका छन् । वीउवासङ्घको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सोमबार गुप्तालाई मनोनित गरेको हो ।
सङ्घको विधानअनुसार रोजगारदाता परिषद्को संयोजक कार्यसमितिमा तृतीय उपाध्यक्ष हुने व्यवस्था छ । गुप्तालाई सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले पद् तथा गोपनीयताको सपथ ग्रहण गराए ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आर्थिक विकासमा अघि बढ्न आर्थिक जागरणको आवश्यकतामा जोड दिए । उनले वीउवासङ्घले अनुकरणीय सक्रियता देखाएको भन्दै विकासका साझा अवधारणामा महासङ्घ सहकार्यका लागि तत्पर रहेको पनि स्पष्ट पारे । औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानको अभियानमा सबैभन्दा पहिला निजीक्षेत्रबीच नै समन्वय हुनुपर्ने धारणा उनको थियो ।
वीउवासङ्घका निवर्तमान अध्यक्ष अशोककुमार वैधले महासङ्घ र जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरुको शुद्धीकरणका लागि महासङ्घको विधान संशोधन अनिवार्य भएको बताए । कार्यक्रममा न्यू बिजनेस एज प्रालिका अध्यक्ष मदन लम्साल,  मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणराज सुमार्गी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अशोककुमार टेमानी, वीउवासङ्घका पदाधिकारी, कार्यसमिति सदस्यलगायतको सहभागिता थियो । 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger