BREAKING NEWS

Health

Report

Amazing

प्रधानमन्त्री र सञ्चारमन्त्रीले नै मोदीको अगाडि मुलुकको बेइज्यत गरे । फोटो फिचर सहित


भारतीय प्रधानमन्त्री दुई दिने नेपाल भमणकात्रममा आईतबार नेपाल आए । १७ वर्षपछि छिमेकी राष्टप्रमुखबाट हुनलागेको भ्रमण सरकारले उच्च महत्व दिने निर्णय गर्यो । प्रधानमन्त्री शुसील कोइराला प्रोटोकल मिचर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न विमानस्थल पुगे तर प्रधानमन्त्री कोइरालाले मोदीको अपमानमात्र गरेनन राष्टकै बेइज्यती गरे । हो तपाइलाइ अचम्मलाग्न सक्छ हाम्रा सरकार प्रमुखले तपाइ हाम्रो बेइज्यतमात्र गरेनन् राष्टकै धज्जी उडाय । 
कोइरालासंगै आफुलाई ठुलो विद्धान दावि गर्ने सञ्चार मन्त्री मिनेन्द्र रिजाले बालपनमात्र होइन विशिष्ट व्यत्तिको स्वागतकोत्रममा लज्जाष्पद व्यवहार देखाए । मुलुकको कार्यकारीले नै मुलुकको प्रतिष्ठासंग जोडिएको कुटनीतिक मर्यादा पालनाकात्रममा कसरी बेइज्यत गरे रु प्रधानमन्त्री कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि नै विमानस्थल पुगेका थिए । उनले मोदीलाई पुष्पगुच्छाले त स्वागत गरे । तर पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । 
मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे । केहिबेरपछि मात्र मोदीले आफ्ना सहयोगीलाई पुष्पगुच्छा दिए । त्यसलगत्तै तस्वीर खिच्न गएका पत्रकारले मोदी र उनको फोटो खिच्न चाहे, तर कोइरालाले पिठ्युँ क्यामेरातिर फर्काइदिए । भारतीय प्रधानमन्त्री मोदीले नै पत्रकारले फोटो खिच्न लागेको संकेत गरे तर, कोइरालाले कुरा बुझेनन् । सँगै रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँसेर क्यामेरातिर फर्किए । 

यो सबै हेरिरहेका मोदी पनि हाँसिरहेका थिए । त्यसलगत्तै मोदीको स्वागतका लागि अघि सरे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । मोदीले नेम्वाङतिर र नेम्वाङले मोदीतिर हात लम्काए । तर बीचमा उभिए कोइराला र उनीहरुले हात मिलाउन पाएनन् । फेरि रिजालले ताने । अनिमात्र मोदी र नेम्वाङले हात मिलाउन पाए । 
उनले प्रधानमन्त्री कोईरालालाई पटक–पटक पाखुरामै समातेर तानीरहे ।ण्ण् एक त मन्त्री रिजालले मन्त्रीको हैसियत बिर्सेर आफुलाई कर्मचारीको रुपमा उभ्याए, अर्कोतिर प्रधानमन्त्री कोईरालालाई पटक पटक तानेर लज्जाष्पद दृश्यको मन्चन गरे । यो काम सामान्यतः शिष्टाचार महापालले गर्ने काम थियो । 
कुरा यतिमात्र कहां हो र मोदीलाई सलामी दिने बेला पनि प्रधानमन्त्रीले यस्तै हर्कत देखाए, सलामीकात्रममा नेपाली र भारतीय राष्टिय धुन बजिहरदा मोदीले दाहिने हात उठाएर सलामी ग्रहण गरे तर प्रधानमन्त्री शुसील कोइरालाले भने चुपचाप मोदीको छेउमा उभिरहे । ण्ण्ण्यस्तै हर्कत प्रधानमन्त्रीले सिंहदरबारमा मोदीसंगको भेटमा पनि गरेका थिए । अब आफै विचार गर्नुस सामान्य संस्कार नजान्नेले देश कसरी चलाउलान ।। 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger