BREAKING NEWS

Health

Report

Amazing

एन.एम.आर.ए.द्वारा पहिरो पिडितलाई सहयोग ।

एन.एम.आर.ए.ले एभिन्यूज टेलिभिजनले पहिरो पिडित परिवारको सहयोगका लागि सुरु गरेको एभिन्यूज टेलिभिजन हेल्पलाईन मार्फत सहयोग गर्दै ।फोटो : अनिल श्रेष्ठ

साउन २९ पर्सा 
        एन.एम.आर.ए.एकाई वीरगंजले आफनो ४५ औँ स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक पहिरो पिडित परिवारलाई आज एक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ ।
            एन.एम.आर.ए.ले एभिन्यूज टेलिभिजनले पहिरो पिडित परिवारको सहयोगका लागि सुरु गरेको एभिन्यूज टेलिभिजन हेल्पलाईन मार्फत सहयोग गरेको हो । एन.एम.आर.ए.एकाई वीरगंजका अध्यक्ष अरविन्द सिँह र वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक राजन प्रसादद मैनालिले १० हजार एक सय एक रुपैयाको चेक एभिन्यूज टेलिभिजन क्षेत्रिय व्यूरो कार्यलय वीरगंजका समवाददाता जियालाल साह लाई हस्तनान्तर गर्दै पिडितलाई सहयोग गरेको हो । 
       कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले थोपा थोपा मिलि समुन्द्र बनेझै हरेक संघसंस्थाहरुले पाहिरो पिडितलाई थोरै भएपनि सहयोग गरे घरवार विहिन भएका परिवारले राहत पाउने बताएका थियो । एन.एम.आर.ए यूनिट वीरगंजले यसअघिपनि आफनो स्थापना दिवसको अवसरमा अनाथालयका बालबालिका लगायत पिडितहरुलाई सहयोग गर्दै आएकाले अरु दिनहरुमा पनि सहयोग गर्ने अध्यक्ष सिहले प्रतिवद्धता जनाएका थिए । यसैगरी टेलिभिजनका संवाददाता जियालाल साहले पहिरो पिडित परिवारलाई सहयोग गर्ने इच्छुक व्यतिmले नेपाल इन्भेष्टमेण्ट बैकको एकाउन्ट नम्बर ०३२०१४०२५२४८५ मा सिधै रकम जम्मा गरि सहयोग गर्न सक्ने बताएका थिए । कार्यक्रममा ध्रुव साह, मनोज झा, आकाश शर्मा लगायत एन.एम.आर.ए.एकाईका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger