BREAKING NEWS

Health

Report

Amazing

ट्रकले टेम्पुलाई ठक्कर दिँदा एक बालकसहित दुईजनाको मृत्यु

पर्साको बिरगंज बसपार्क नजिकै ट्रकले टेम्पुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । भारतीय सिमावर्ती शहर रक्सौलबाट विरगंजतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्रकले उही दिशाबाट आइरहेको टेम्पुलाई ठक्कर दिँदा टेम्पु चालक विरगंजका मनसुर देवानको मृत्यु भएको छ भने मृतक अर्का बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा सात यात्रु घाईते भएका छन् । घाईते हरुको उपचार नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा भईरहेको छ । दुर्घटनाको विरोधमा टेम्पु व्यवसायीहरुले विरगंज बसपार्क क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।। 


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger