BREAKING NEWS

Health

Report

Amazing

मलेसियाको नेपाली दूतावास आइतबार पनि खुल्ने

३२ असार, काठमाडौँ । मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ ।
आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले बताए । हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने राहदानी ९एमआरपी०ले प्रतिस्थापन गर्न सेवाग्राहीलाई सहजहोस् भनेर हामीले आइतबार पनि सेवा प्रवाह गर्ने निर्णय बताउँदै उनले भने,’यहाँ कार्यरत नेपालीलाई आइतबार बिदा हुन्छ, बिदाका दिन उनीहरुलाई सेवा प्राप्त गर्न सजिलो हुनेछ । ‘
शुक्रबार भने दूतावास बन्द हुने जानकारी दिँदै राजदूत बस्न्यातले आइतबार दूतावास सञ्चालन गरेपनि यहाँ रहेका नेपालीलाई दूतावासबाट एमआरपी प्राप्त गर्न सजिलो हुने बताउनुभयो । हाल मलेसियामा पाँच लाखको हाराहारीमा नेपाली कार्यरत छन् । रासस



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger