BREAKING NEWS

Health

Report

Amazing

सुवर्णपुरमा झण्डै १ हजार घरधुरी पानिको समस्यामा ।।



बैशाख, २० पर्सा 
पर्साको सुवर्णपुरमा झण्डै १ हजार घरधुरी रहेको गाबिसमा अहिले पानीको समस्या भएको छ । गाविस भरिमै मुश्किलले १ दर्जन भन्दा वढी चापाकलमा पानी आउछ । ३ महिना यता गाबिसका अधिकांश घरको चापाकल सुकेर स्थानीयलाई पिउने पानीको धेरै नै समस्या भएको छ । गाविसको अधिकाश धारामा बर्षौदेखि पानी आउदैनन् । धारा छ तर पानी आउदैनन् । 
गाउको प्रायः सबै वडामा यस्तो समस्या रहेको स्थानिय बिष्णु गिरी बताउछिन् । उनले भनिन अहिले पानी आउने चापाकलमा पानी अत्यन्त कम आई रहेको छ । यदि यस्तै अवस्था रही रहे भने यो चापाकल पनि कहिले सुक्छन् ठेगान छैन । आफूहरुले जसोतसो पानी खाएपनि सिंचाई गर्न, नुहाउन, लुगाफाटो धुन, बस्तुलाई खुवाउन पनि धौं धौं भईरहेको उनले बताईन् । 
गाविस सुवर्णपुरको बफर टोल, प्रधान टोल, गडुवा र डा“डा टोल गरी गाबिसका प्रायः सबै वडाका बासिन्दा पानीको समस्याले काकाकुल रहेको अर्की स्थानीय संगिता मास्केले बताईन् । उनले भनिन हाम्रो बालि नालीमा अझै सिंचाई नपाउदा समेत डढेर गएको छ ।  गाउमा पहिले यो समस्या थिएन, केही बर्ष यता गाउ नजिकको जंगल पातलिंदै गएपछि समस्या बिकराल बन्दै गएको हो । सरकारले हामीलाई पिउने पानीको व्यवस्था गर्छ, न प्रकृतीले नै पानी दिन्छन यस्तै अवस्था रहे धेरैले नै यस सुवर्णपुरबाट बसा“इनै सर्ने अवस्था आउछन । वडा नं ४ का सुदर्शन मास्के, बिष्णु देवी कार्की र प्रहरी चौकीको चापाकलमा मात्र हाल पानी आउने गरेको छ । अली अली पाउने चापाकलहरुमा पनि घण्टौ लामा लागेर पिउने पानीको जोहो गर्नु पर्ने अवस्था रहेको मास्के बताउछिन् । 
त्यसैगरी आफ्नो चापाकलबाट पानी आउने छोडेपछि झण्डै ५० हजार खर्च गरेर ४ इन्च मोटो पाइप गाडदा पनि १ महिना पछि त्यसबाट पनि पानी आउन बन्द भएको स्थानीय मंग्नी साह कलवार बताउछन् । उनले भने सुवर्णपुरबासीको मागलाई सम्बोधन गरेर सरकारले यहा कहिल्यै खानेपानी आयोजना निर्माण गरेन मंगनीले बताए तर जिल्लाका अन्य गाबिसमा माग नभएता पनि बर्षेनी धमाधम नया आयोजना थपिंदैछन्, खानेपानीको टयाकिहरु निर्माण हुदैछ त्यस्ता खानेपानी आयोजनाले एउटै पनि ग्राहक पाएका छैनन् । तर यहां पानीको जरुरी छ, तर न त टयाकी छ न त आयोजना ....। 
२०२१ सालमा सट्टाभर्ना गरी चितवनबाट आएका सुवर्णपुरवासि सुरुवातमा पानीको अभाव नरहेपनी हाल आएर एक वर्षदेखी पानीको समस्या विकराल रुपमा हुदै गएको छ । शुरुका दिनमा सुवर्णपुर गाविस क्षेत्रमै घना जङगल थियो भने हालको दिनमा जङगलको फडानी तिब्र रुपमा भएका कारण चपाकलहरुमा पानी आउनै छोडेको समेत कतिको बुझाई रहेको छ ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger