वासिङ्टन रवासिङ्टन पोष्ट, चैत्र २१ ( उरुग्वेका राष्ट्रपति जोज मुजिकालाई केही बर्षअघि बीबीसीले गरिब विश्वकै गरिब राष्ट्राध्यक्षको रुपमा चित्रण गरेको थियो । कहिलेकाही लाउने जुत्ताको समेत अभाव हुने मुजिकाको व्यक्तिगत सम्पतिसमेत नभएका कारण उनलाई बीबीसीले केही बर्षअघि यस्तो उपाधि दिएको हो । सरकारी वैठकबो क्रममा भर्खरै खिचिएको फोटोले पनि मुचिकाको साधारणपनलाई झल्काउछ । वैठकमा उनी उपराष्ट्रपति र मन्त्रीको बीचमा सामान्य सर्ट र चप्पल लगाएर बसेका छन् । मुचिकालाई अब आफ्नो विश्वकै गरिब राष्ट्राध्यक्षको साख जोगाउन चुनौति हुनेछ । किनकी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विश्वकै गरिब सरकार प्रमुखको रुपमा उनको स्थान लिन सक्नेछन् ।
माघ २८ गते प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले आफ्नो सम्पति मात्र तीन वटा मोबाइल सेट रहेको उल्लेख गरेका छन् । उनले आफ्नो भागमा रहेको पुख्र्यौली समेत बेचेर सिध्याइसकेका छन् । यो सम्पति मुचिकाको भन्दा थोरै हो किनकी मुचिकाले आफ्नो सम्पति २० बर्ष पुरानो एउटा गाडी मात्रै हो भनेका छन् । जसको मूल्यांकन चार बर्ष अगाडि १९ सय अमेरिकी डलर थियो । कोइरालाको जग्गा जमिन पनि छैन् । उनी प्रधानमन्त्री हुनु अघि भाडाको घरमा बस्दै आएका थिए । कोइरालाले बर्मा जादा बचेको सरकारी भत्ताको रकम पनि फिर्ता गरेका थिए । गुरिल्ला समूह तुपामारोस हुँदै राष्ट्रापति चुनिएका मुजिका र प्रजातन्त्रको लागि ३० बर्ष जेल जीवन बिताएका कोइराला दुवै अति सामान्य जीवनयापनका कारण पनि प्रसिद्ध छन् । उरुग्वेमा मुजिका राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै हुन् । कोइराला भने सरकार प्रमुख भएपनि उनी माथि राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुखको हैसियतले काम गरिरहेका छन् । यसकारण विश्वकै गरिब सरकार प्रमुख कोइराला मानिए पनि गरिब राष्ट्राध्यक्ष भने मुजिका नै रहलान् । By-ekantipur
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक