BREAKING NEWS

Health

Report

Amazing

जलवायु परिवर्तन बढ्दो

हिजो साझ छपकैयामा देखिएको दृष्य । फोटो जियालाल साह



चैत, १८ 
जलवायू विज्ञहरुले जलवायू परिवर्तनको प्रभाव मानिसमा बढदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बढ्दो तापक्रमले मानिसको स्वास्थ्य, घर, खाना र सुरक्षामा खतरा उत्पन्न हुँदै गएको विज्ञहरुको ठहर छ ।
संयुक्त राष्ट्रका जलवायू विज्ञहरुले तयार पारेको विश्वमा जलवायू परिवर्तनको प्रभाव सम्बन्धि रिपोर्टमा यस्तो खतरा औंल्याइएको हो । प्राकृतिक प्रणालीमा जलवायू परिवर्तनको असर अहिले नै देखिएपनि भविष्यमा मानवजातिमा नै यसको गम्भीर प्रभाव पर्न सक्ने विज्ञहरुको भनाई छ ।
भविष्यमा बाली, पानीको अभाव तथा मानिसको जीवन र जीविकामा मुख्य प्रभाव देखिने सम्भावना छ । रिपोर्टमा तापक्रम वृद्धिले खाद्य सुरक्षामा पर्न सक्ने असरलाई प्रमुखताका साथ उल्लेख गरिएको छ ।
सन् २०५० सम्म मकै, धान र गहुँको उत्पादनमा गम्भीर प्रभाव पर्ने तथा पानीको तापक्रम बढेसंगै माछा प्रजातिमा पनि पहुँच नहुँदा पनि खानेकुराको अभाव झेल्नुपर्ने सम्भावना औंल्याइएको छ ।
यस्तै बाढी र तापक्रम बृद्धिका कारण हुने मृत्युदरमा निकै वृद्धि हुने तथा घर बाहिर काम गर्ने किसान र निर्माण मजदुरहरुमा यसको सबैभन्दा बढी असर देखिने विज्ञहरुको भनाई छ । रिपोर्ट अनुसार सन् २००७  देखि यता विश्वव्यापी तापक्रम वृद्धिले पर्ने प्रभाव झण्डै दोब्बर भएको छ । उज्यालोबाट


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger