BREAKING NEWS

Health

Report

Amazing

स्थानिय आर्थिक विकासको आधार एक घर एक रोजगार भन्ने नाराका साथ उदघाटन सत्र सम्पन्न l

उदघाटन सत्रमा सहभागि अतिथिहरु ।

                             

चैत्र १४ पर्सा
           स्थानिय आर्थिक विकासको आधार एक घर एक रोजगार भन्ने नाराका साथ वीरगंज उधोग वाणिज्य संघको ३८ औँ वार्षिक सधारण सभाको उदघाटन सत्र सम्पन्न भएको छ ।
                 कार्यक्रमको उदघाटन प्रमुख निर्वाचण आयुक्त दोलख बहादुर गुरुङले पानसमा दिप प्रज्वलित गरि उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त गुरुङले वीरगंज आर्थिक राजधानि भनेर चिनिने गरेपनि १६ वर्ष यता वीरगंज अझै पुरानो वीरगंजमा परिवर्तन भएको उहाले बताए । १६ वर्ष पहिला तत्कालिन प्रमुख जिल्ला अधिकारी भएर आउदाँ र अहिलेको अवस्थामा वीरगंज अझै पुरानो वीरगंजमा परिवर्तन भएको उहाँले बताउनु भएको हो । आर्थिक राजधानि जसरी भनिने गर्दछ त्यसैगरी वीरगंजलाई सरकारले विशेष प्राथमिकतामा राखि नमुना शहरको रुपमा विकास गर्नु पर्नेमा उहाँले जोड दिनु भएको हो । कार्यक्रममा आन्तिरीक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले वीरगंजको विकासका लागि सरकार समक्ष सुचना प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
                    कार्यक्रममा निवर्तामाण उधोग वाणिज्य संघका अध्यक्ष अशोक टेमानिले यहाँका जनता र उधोगीहरुले वीरगंजको विकासका लागि जे–जति अवधारण ल्याएपनि सरकारले सहयोग नगरेको गुनासो गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष अशोक लाठ, अञ्चल प्रहरी कार्यलय नारायणीका वरिष्ठ प्रहरी निरिक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा यूवा उधोमी, महिला उधमी, समाजिक सेवा, भाषा साहीत्य, खेलकुद लागायतको शिर्षकमा विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरेको थियो । कार्यक्रम उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैधको सभापतित्वमा समपन्न भएको थियो ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger