BREAKING NEWS

Health

Report

Amazing

समुद्रमा तैरिरहेको अवस्थामा फेला प¥यो मलेसिया एयरलाइन्सको जहाज, सवार २ सय ३९ जनाकै मृत्यू ।


मलेसियन एयरको सम्पर्कविहीन बोइङ दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्ययमका अनुसार जहाजमा सवार सबै २ सय ३९ जनाकै ज्यान गएको छ । विमानबाट शव निकाल्ने काम भईरहेको र आज साँझसम्ममा सबै विवरण आइसक्ने जनाईएको छ । 
 चिनिया समाचार एजेन्सी सिन्ह्वाले भियतनामको सञ्चार माध्यमलाई उदृत गर्दै विमान भियतनामको दक्षिणी आइसल्ल्याण्डमा समुन्द्रमा दुर्घटना भएको अवस्थामा भेटिएको जनाएको छ । एमएच–३७० वोइङ ७७७–२०० को सो विमान स्थानीय समय अनुसार बिहान २ बजेर ४० मिनेट जाँदा बेइजिङका लागि क्वालालाम्पुरबाट उडेको थियो । विमानमा २ सय ३९ जना थिए ।
 विमानमा १२ जना चालक दलका सदस्यसहित २३९ जना सवार थिए । सो विमानमा १३ देशका नागरिक चढेका थिए । विमानमा एक सय ५२ जना चिनिया, ३८ मलेसियन, १२ एन्डोनेशियन, सातजना अष्ट्रेलियन, तीन जना अमेरिकी, तीनजना फ्रान्स, दुई–दुई जना न्युजिल्याण्ड, युक्रेन र क्यानडाका नागरिक सवार रहेका र इटाली, टाइवान, नेदरल्याण्डस्, अस्ट्रियाका एक–एकजना नागरिक सवार रहेको सिन्ह्वाले जनाएको छ ।










कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger