BREAKING NEWS

Health

Report

Amazing

सलमान भन्छन्–’म खराब प्रेमी,असल साथी’

                                


उमेरले ४८ वर्ष पुगेका बलिउड अभिनेता सलमान खानले अहिलेसम्म विवाह नगरेको कारण आफूलाई कुनै पछुतो नभएको बताएका छन् । कुनै पनि प्रेमिकासँग विवाह नगरेका कारण सलमानलाई असफल प्रेमीको आरोप पनि नलागेको होइन ।
                         यो प्रसंगमा अभिनेता खानले सञ्चारकर्मीसँग एक भेटमा भने, ‘म आफूलाई एक खराब प्रेमी (ब्वाइफ्रेन्ड ) ठान्छु । तर, म अहिले पनि मेरी पूर्वप्रेमिकाहरूको असल साथी बन्न सकेको छु ।’ विवाहको प्रसंगलाई अहिले पनि उनले ठट्यौलीको रूपमा लिने गरेका छन् । सञ्चारकर्मीहरूले विवाहका बारेमा सोधेको अर्को प्रश्नमा उनले यस्तै ठट्यौली उत्तर दिएर सबैलाई हँसाएका छन् । विवाह बारेको प्रश्नमा अभिनेता खानले भने, ‘मलाई बच्चा दिनुस्, माया गरेर पाल्छु र बच्चाकी आमा मलाई चाहिँदैन ।’ अहिलेसम्म विवाह नगरेकै कारण आफू कुमार तथा युवा रहेको पनि उनले बताएका छन्, ‘यदि मैले आफ्नी पहिली प्रेमिकासँग विवाह गरेको भए आज म हजुरबुबा भइसक्थें ।’ उनले भने, ‘किनकि शरीरिक रूपमा म तन्नेरी देखिए पनि नाति–नातिना भएका कारण मलाई हजुरबुबाको रूपमा सम्बोधन गरिन्थ्यो ।’



















कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger