BREAKING NEWS

Health

Report

Amazing

पर्सामा एस.एल.सि.प्रबेशिका परीक्षामा ९ जना माथि कार्वाही सम्पुर्ण फोटो फिचर ।




एस.एल.सि.प्रबेशिका परीक्षा दिदै विद्यार्थीहरु ।
वीरगंज, ६ चैत्र
यसवर्षको एस.एल.सि.प्रबेशिका परीक्षा आज देखि शुरु भएको छ । पर्सामा ७ जना पुस्तक व्यवसाहि सहित २ जना अमर्यादित कार्य गरेकालाई कार्वाहि गर्ने भएको छ नियम विपरीत वीरगंजका विभिन्न पुस्तक पसलहरुले अबैधानिक रुपमा गेसपेपर वेचिरहेको आरोपमा ७ वटा पुस्तक पसलका संचालक माथि सार्वजनिक मुदा चलाईने पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जनकारी गराउनु भएको छ । 
पक्राउ गरेका सातैजना माथि सार्वजनिक मुदा चलाउने प्रहरी उपरिक्षक सिहंले जनकारी गराउनु भएको हो । त्यसैगरी पर्साको भिष्वा परीक्षाकेन्द्रवाट सोनु कुमार सोनिको नाममा नक्कली परीक्षार्थि धर्मेन्द्र कुश्वाहाले परीक्षा दिईरहेको अवस्थामा पक्राउ गरि मुदा चलाउने प्रहरी उपरिक्षक सिहंले जनकारी गराउनु भएको छ । सोहि परीक्षाकेन्द्रमा मर्यादा विपरीत कार्य गरेको परिक्षा निरिक्षक विरेन्द्र यादवलाई परीक्षाकेन्द्रबाट निकाल्नुको साथै निर्देशिका अनुसार कार्वाही गर्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 
पर्सामा २१ वटा परीक्षाकेन्द्र तोकिएको छ भने कुल ६ हजार ९ सय ८२ विद्यार्थी मध्ये रेगुलर तर्फ ५ हजार ५ सय ८८ र इक्जाम्टेड तर्फ १ हजार ३ सय ९४ विद्यार्थी फर्म भरेकोमा रेगुलरमा ६० र इक्जाम्टेड तर्फ ८० विद्यार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी हरी बस्तीले जनकारी गराउनु भएको छ 



एस.एल.सि.प्रबेशिका परीक्षामा अनुगमन गर्दै प्रहरी उपरिक्षक धिरज प्रताप सिह । 

एस.एल.सि.प्रबेशिका परीक्षा दिदै ५५ वर्षिय पुरुष ।


एस.एल.सि.प्रबेशिका परीक्षामा अनुगमन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय ।
एस.एल.सि.प्रबेशिका परीक्षा दिदै विद्यार्थीहरु ।






कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger