BREAKING NEWS

Health

Report

Amazing

भेदभावको अन्त्य र प्रभावितको पुनर्थापन – कुष्ठरोग दिवस समपन्न ।

वीरगंजको घण्टाघरवाट निकालिएको ¥यालीमा सहभागि विभिन्न नर्स क्यामपसका विद्यार्थीहरु । 
वीरगंज १२ पर्सा
आज कुष्ठरोग दिवस भेदभावको अन्त्य र प्रभावितको पुनर्थापन कृष्ठरोग मुक्त समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ वीरगंजमा समेत यो दिवस मनाईएको छ । वीरगंजको घण्टाघरवाट निस्केको  ¥यालीले नारायणी उप–क्षेत्रिय अस्पतालमा समापन भएको थियो ।  
पर्सा जिल्लामा ८ वटा गाविस कुष्ठरोगिका लागि उच्च जोखिममा रहेका छन् । उच्च जोखिमका लागि मानिएका प्रसौनीविर्ता, बैरियाविर्ता, जगरनाथपूर, धोबिनि, रमगढवा, ठोरी, निर्मलबस्ती र निचुटा गाविसलाई विशेष प्रथमिकताका साथ
कुष्ठरोगिको विरामिहरुको उपचार भईरहेको जिल्ला जनस्वास्थय कार्यलय पर्साका प्रमुख अरुण कुमार महतो बताउनुहुन्छ । 
खुला सिमाना रहेकाले एक ठाँउबाट अर्को ठाउँमा आवतजावतको कारणले समेत सिमापारिका विरामिले गर्दा एक अर्कामा रोग सर्ने र विरामि हुने गरेको महतोले बताए । त्यस्तै गरि त्यसभन्दा तल्लो जोखिममा पर्साका २५ वटा गाविस रहेको उनले बताए । जिल्ला भरिको तथ्याङक अनुसार सार्ने ६४ कुष्ठरोगी र नसार्ने ४१ कुष्ठरोगी गरि एक सय पाँच जना कृष्ठरोगको विरामि रहेको छ । नेपालमा समस्याको रुपमा कुष्ठरोग नभएपनि विरामि पता लाग्ने वितिकै उपचाररत विरामि छन भने समस्याको नहुने यसैक्षेत्रमा २० वर्षदेखि सेवा दिदै आएका चर्मरोग विशेषज्ञ डाक्टर सुमन प्रसाद बताउनुहुन्छ ।  उनले भने कुष्ठरोग भएका विरामिले जति लुकाउने त्यतिm नै एकबाट अर्कोमा संक्रमण हुने हुदा रातो फुस्रो, कटयादा केहि नहुने दाग जस्तो आएमा स्थानिय स्वास्थ्य चोकि वा नारायणी उप–क्षेत्रियमा चेकजाँच गराउन आग्रह गर्नु भएको हो । 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger