BREAKING NEWS

Health

Report

Amazing

दुई भारतीय पेशेवर अपराधीलाई कसरी पक्राउ गरियो सम्पुर्ण फोटो फिचर र जनकारी

आलमका आफन्तहरु ..
बारा, पुस १९ 
गोली प्रहार गर्ने अपराधीलाई स्थानीयको सहयोगमा प्रहरीले अपराधीलाई हतियार सहित पक्राउ गर्न सफल भएको बारा जिल्लाको नौलो घटना भएको देखिन्छ । 
बुधवार ११ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय जितपुरबाट एक सय ५० मीटरको दुरीमा  नयाँ निर्माण भइरहेको घरमा मजदुरहरुले गरेको कामलाई कुर्सीमा बसेर हेर्दै गर्दा बीआर ०६ सी ३५१७ नं. को बजाज कम्पनीको पल्सर मोटरसाइकलमा आएका अपराधीहरुले टाउँकोमा गोली प्रहार गरी घटनास्थलबाट भागेका थिए ।अंसारीलाई गोली हानी भागेका  भारत उत्तर प्रदेश लखनऊका ३५ वर्षीय विपीन यादव भन्ने महमद फरहाद 
विपीन यादव भन्ने महमद फरहाद 

र उत्तर प्रदेशकै जोधपुरका रवि पाण्डेलाई प्रहरीले दुई वटा सिक्सर हतियार र सो मा प्रयोग हुने २२ राउन्ड गोली समेत बरामद गरेको छ । 
 रवि पाण्डे
सम्पुर्ण सामाचारफोटो क्यापसन हेर्नका लागि Read more ».किलिक गर्नुहोस् ।


दुई वटा सिक्सर हतियार र सो मा प्रयोग हुने २२ राउन्ड गोली बरामद 
अपराधीहरुले गोली प्रहार गरी घटनास्थलबाट बीरगंज तिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भागेपनि हतियार सहित डयूटीमा रहेका इलाका प्रहरी कार्यालय जितपुरका दुई जना प्रहरी जवानहरु मुक दर्शक बनेका थिए भने विना हतियार डयूटीमा रहेका ट्राफिक प्रहरीका प्रहरी जवान गोविन्द मिश्र शुटरहरुलाई लखेटने क्रममा शुटरहरुले मिश्रमाथि समेत गोली प्रहार गरेको कुरा घाइते आफताब अंसारीका भतिजा इरफान अंसारीले बताए । 
 ट्राफिक प्रहरीका प्रहरी जवान गोविन्द मिश्र  
                                                         अपराधीहरुले नेपाल सँग सिमाना जोडिएका बीरगंज नाका हुदै भारत पस्न खोज्दा प्रहरीको चेकजाँच कडाईले गर्दा घटना घटेको जितपुरबाट पूर्व पर्ने इनर्वासिरा गाउँ हुदै भागेका थिए ।शुटरहरुलाई बाटोमा पर्ने अस्थाई इनर्वा प्रहरी चौकीका इन्चार्ज र प्रहरी जवानहरुले रोक्न खोज्दा मोटरसाइकलमा पछाडि बसेका शुटरले अन्धाधुन्ध गोली चलाएका थिए । तर पनि इनर्वासिरा प्रहरी चौकीका असई मातृका ठाकुरको टोलिले अपराधिहरुलाई पछयाउन थाले । 
 इनर्वासिरा प्रहरी चौकीका असई मातृका ठाकुरलाई थप उपचारका लागि हेलिकप्तरमा लगिदै
त्यसलगतै इनर्वासिराको उखुको खेतमा उनिहरु मोटरसाईकल बन्द भएकाले गोलि चलाउदै भाग्न थाले सोहि चलाएको गोलि लागि पछाडि रहेका  इनर्वासिरा प्रहरी चौकीका असई मातृका ठाकुरको हात र कम्मरमा गोली लागेको थियो भने प्रहरी जवान शेष समजान लाई बाँया हातमा गोलि लागेको थियो ।  गोलि लागेपनि ति जवानर इनर्वासिराका गाउलेको सहयोगमा रवी पाण्डेलाई पक्राउ गर्न सफल भएको थियो भने अर्का अपराधी विपीन यादव भन्ने महमद फरहाद इनर्वासिराबाट तीन किलोमीटर पूर्व फत्तेपुर गाविसको पिपरियामा रहेको ४० विघा क्षेत्रफलको उखु बारीमा भागेर लुके । उखु बारीमा लुकेका अपराधी यादवलाई बारा प्रहरी नायब उपरिक्षक नवराज अधिकारी र सीमा सुरक्षाबलबाट खटेका सुरक्षाकर्मीको टोलीले स्थानीयहरुको सहयोगमा उखु बारीमा लुकेको दुई घण्टा पछि खोज्दा खोज्दै पक्राउ गर्न सफल भएको थियो । उखु बारीमा लुकेका अपराधी यादवसँग एक थान अत्याधुनिक हतियार रहेको र त्यसमा लाग्ने गोली भाग्ने क्रममा खसेका कारणले सुरक्षाकर्मी र सर्वसाधारणतिर कुनै क्षति नभएको उखु सर्च गर्न खटेका प्रहरी निरीक्षक कुँवरले जानकारी गराए । अपराधीहरुको गोली प्रहारबाट घाइते भएका अफताब अंसारीलाई बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा समान्य उपचार गरी नेशनल मेडिकल काँलेजमा लगिएको थियो । 

घाइते प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेष सबजानलाई हेलिकाप्टरबाट दिउँसो थप उपचारको लागि काठमाडौको लगिदै  

 त्यसतै घाइते प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेष सबजानलाई हेलिकाप्टरबाट दिउँसो थप उपचारको लागि काठमाडौको शिक्षण अस्पतालमा लगिएको थियो । हाल उनको उपचार भईरहेकै अवस्थामा सरकारले प्रसनि ठाकुर र समजानको एक पद बडुवा गरिदिएको छ । 
भने यता बारा प्रहरीले अंसारी माथि गोली प्रहार गर्ने दुबै भारतीय सुटरहरुलाई विहिवार सार्वजनिक गरेको छ । पक्राउ परेका रवि पाण्डे यस अघि नै भारतको दफा २५३०७ अन्तर्गत ज्यान लिएको आरोपमा बनारस जेलमा सजाय भोगि भर्खरै मात्रै निस्केका थिए भने उनका केहि साथी अहिले पनि जेलमै छन् भने केहि बाहीर छन् । प्रहरी अनुसन्धानका क्रममा अफताब आलमलाई गोलि मार्नुको कारण पैसाको लेनदेन भएको अंचल प्रहरी कार्यलय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले बताए । यता गोलि लागि गम्भीर रहेका अफताब आलम उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यू भएको थियो । भने उनका परिवार तथा स्थानियवासिले अपराधिलाई कडा सजायको माग र मृत्क परिवारको क्षतिपुर्तिको माग गर्दै विहिवार जितपुर बजार र सडक बन्द गराएका थिए ।
विहिवार जितपुर बजार र सडक बन्द 
 मृत्क आलमका तीन छोरी र एक छोरा गरी चार वटा सन्तान छन । 

आलमको शवलाई हेर्दै स्थानिय 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger