BREAKING NEWS

Health

Report

Amazing

नयाँ सदस्यताको लागि क्रियाशिल पत्रकारहरुद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

वीरगंज, ३० मंसिर पर्सा
श्रमजिवि क्रियाशिल पत्रकारहरुले नयाँ सदस्यताको लागि दिएको अल्टीमेटमको समयभित्र महासंघ पर्सा शाखाले ठोस कदम नचालेपछि संघर्ष समितिले पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार महासंघ पर्सा शाखाले नयाँ सदस्यताका लागि निवेदन सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
माग गरेपनि सदस्यता वितरण नगर्ने षड्यन्त्र गरेपछि क्रियाशिल पत्रकारहरुले गठन गरेको संघर्ष समितिले नयाँ सदस्यता वितरणको लागि महासंघ पर्सा शाखालाई २४ घण्टे अल्टीमेटम दिएकोमा ठोस कदम नचालीएपछि आईतवार वीरगञ्जको होटल सम्झनामा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तरर्गत पुस १ गते विहान १० बजे देखि साझ ५ बजे सम्म हातमा कालो पट्टि बाधेर विरोध जनाउने, पुस २ गते वीरगंजको घण्टाघरवाट ¥यालीले नगर परिक्रमा गरि घण्टाघरमा कोणसभा गर्ने, पुस ३ गते अन्तक्र्रिया गर्ने, पुस ४ गते विहान १० बजे देखि दिउसो २ बजे सम्म क्रियाशिल पत्रकारहरुले पेन डाउन गर्ने र पुस  पाँच गते नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । उल्लेखीत कार्यक्रम गर्दा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले नयाँँ सदस्यता वितरण नगरे आमरण अनसन सहितको दोश्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरीने संघर्ष समितिका संयोजक सन्तोष पटेलले चेतावनि दिनुभयो । पर्सा शाखाले नयाँँ सदस्यताको लागि निवेदन आह्वान गरेर पनि नयाँँ सदस्यता नदिने मानसिकता र हौवा फैलाउन केन्द्रित भएपछि र महाधिवेशनको ६ महिना अगाडी सदस्यता दिन नमिल्ने भन्दै आएकोले क्रियाशिल पत्रकारहरु बाध्य भई आन्दोलनमा उक्रेका हुन् । गत मंसिर २८ गते पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष केशि लामिछानेलाई २४ घण्टाको अवधि दिई ज्ञापन पत्र बुझाएकोमा मंसिर ३० गते आईतवार सम्म पनि महासंघको तर्फवाट कुनै पनि चासो नदेखाईएकोले संतोष पटेलको संयोजकमा क्रियाशिल पत्रकारहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger