BREAKING NEWS

Health

Report

Amazing

ललित योग समाज सेवाद्वारा छात्रछात्रालाई छात्रवृति र अस्पताललाई सहयोग

वीरगंज, मंसिर ११ पर्सा
ललित योग समाज सेवा संस्था कमलेश्वरी अमात्य छात्रवृति पुरस्कार र सम्मान कार्यक्रम समपन्न भएको छ । समुदायीक विधालय मार्फत ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ...
... एस.एल.सि. मा जिल्लाभरिमा सर्वोकिष्ट अंक ल्याएका शारदा माध्यमिक विद्यालयका रमगढवा का सौरभ तिवारी लाई पुरस्कार स्वरुप रु १५ हजार नगद सहित जिल्ला शिक्षा अधिकारी हरिप्रसाद बस्तीले सम्मान पत्र प्रदान गर्नु भएको हो । त्यस्तै गरि स्व। दोलेन्द्र वहादुर अमात्य परिवार संलग्न ३ विधालयका उत्कृट छात्रछात्रालाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरेको हो । सम्मानित हुनेमा माईस्थान विद्यापिठ माविका राजन साह, स्वीटि चौरसिया, हनुमान माविका प्रिन्स कुमार कुशवाहा, उष कुमारी चौधरी, नसृह उच्च माविका दयासंकर पटेल र अंजली यादवलाई नगद सहित सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि कमलेश्वरी अमात्य सम्मानीत गर्नु भएकी हुन् । कार्यक्रमका अवसरमा नेपाली काग्रेस क्षेत्र नम्बर १ का विजयी सभासद राजेन्द्र बहादुर अमात्यले संस्थाले गर्दै आएको कामका वारे प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा जानकि प्रधान, दयानन्द झा, रामनारायण मिश्र, डा।दिपक शाक्य, मोहमद सावुदिन लगायतको उपस्थिति रहेको थियो । त्यस्तैगरि कार्यक्रमकै अवसरमा नारायणी उप–क्षेत्रिय अस्पताल वीरगंजलाई ललित योग समाज सेवा संस्थाले मुटुका विरामि हेर्ने कार्डियाट मोनिटर, ईसिजि मेसिन र फोल्डीङग हुने स्पेशल बेड सहयोग स्वरुप अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।रामाशंकर ठाकुरलाई हस्तनान्तरण गरेको हो ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger