BREAKING NEWS

Health

Report

Amazing

प्रेस चौतारीद्वारा एमालेका सभासदहरुलाई सम्मान

वीरगंज, १३ पर्सा दोस्रो संविधान सभामा निर्वाचित भएका पर्सा जिल्लाका एमालेका सभासदहरुलाई प्रेस चौतारी नेपालले बधाई दिदै सम्मान गरेको हो । वीरगंजको स्थानिय होटल मकालुमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा पर्सा जिल्लाको ग्रामिण भेगको विकास निर्माणमा निकालिएको रकमहरु तुरुन्त ...... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ....... विकास निर्माणमा लगाउन एमाले क्षेत्र नम्बर २ का सभासद विचारी यादवले आग्रह गर्नु भएको छ । सभासद यादवले चाहे कुनैपनि दलका नेता वा व्यतिmहरु हुन तर अव पर्सामा विकास निर्माणको काममा कुनै प्रकारको बहानामा हिनामिन गर्न नदिने बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयसंग आग्रह गर्दै विकास निर्माणमा निकालिएका रकमहरु तुरुन्त काममा लगाउन र पेश्की लिएर फरार रहेका ठिकदारहरुलाई कार्वाहि गर्न आग्रह गर्न भएको हो । सभासद यादवले पत्रकारहरुले निस्वार्थ रुपमा आफुलाई सहयोग गरेको भन्दै पत्रकार महासंघको भवणमा आर्थिक सहयोग नगरि घरबनाउने समानमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । त्यसैगरि क्षेत्र नम्बर ३ का सभासद राजकुमार गुप्ताले एमाले बहुपहिचान सहितको संघियताको पक्षमा भएको भन्दै संघियता विरोधि भन्नेहरुको पक्षमा नपर्न स्पष्ट पार्नु भएको थियो । गुप्ताले पत्रकारहरुको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ५ सय ५१ बोरा सिमेन्ट आफुले महासंघलाई प्रदान गर्ने कार्यक्रमका दौरान घोषण गर्नु भएको हो । त्यसैगरि क्षेत्र नम्बर ५ का सभासद जयप्रकाश थारुले ग्रामिण भेगको विकास गराएर मात्रै शहरि भेगको विकास गराउने बताएका छन् । उनले भने गाँऊ विकास भए शहर आफै विकास हुने हुदाँ विकास निर्माणको काम गाँऊ वाटै सुरु गर्नुपर्ने थारुले बताए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासले पर्सा क्षेत्र नम्बर २ वाट विजयी भएका एमाले सभासद विचारी यादवलाई रातो र कालो रंगको पेन संविधान बनाउनका निम्त दिदै सम्मान गर्नु भएको हो । त्यस्तै गरि क्षेत्र नम्बर ३ का सभासद राजकुमार गुप्ता र ५ का सभासद जयप्रकास थारुलाई पत्रकार महासंघका अध्यक्ष केसि लामिछाने र प्रेस चौतारीका अध्यक्ष श्याम बन्जाराले रातो र कालो रंगको पेन संविधान बनाउनका निम्त दिदै सम्मान गर्नु भएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, प्रहरी उपरिक्षक धिरज प्रताप सिह, एमालेका केन्द्रिय सदस्य रामचन्द्र साह, बरिष्ठ पत्रकार जगदिश शर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष सत्रुधन नेपाल, दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्रेस चौतारी नेपालका सचिव अनुप तिवारीले गर्नु भएको थियो । कार्यक्रम चौतारीका अध्यक्ष श्याम बन्जराको सभापतित्वमा समपन्न भएको थियो ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger