BREAKING NEWS

Health

Report

Amazing

पर्सा जिल्लाको अरु क्षेत्र भन्दा १ मै सबभन्दा वढी बदरमत ।

वीरगंज, ११ मंसिर पर्सा जिल्ला क्षेत्र नम्बर १ मा गत संविधान सभाको चुनाव कै तुलनामा यस वर्षपनि ७ प्रतिशत भन्दा वढि मत बदर भएको छ । तुलनात्मक रुपमा ........सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । .....
...हेर्दा क्षेत्र नम्बर १ मा अरु क्षेत्र भन्दा बढी नै घरधुरीहरु शिक्षित देखिएपनि संविधान सभाको निर्वाचणमा भने क्षेत्र नम्बर १ नै वढि अशिक्षित वा अज्ञान्ताको कमि देखिएको छ । संविधान सभा २०६४ सालको निर्वाचणमा क्षेत्र नम्बर १ मा कुल खसेको मतमा ७.२३ प्रतिशत मत झण्डै ३ हजार २ सय ९७ मत बदर भएको थियो भने यस वर्ष पनि क्षेत्र नम्बर १ मा खासै सुधार नभई ७.०८ प्रतिशत झण्डै २ हजार ८ सय ७५ मत बदर भएको हो । गतवर्षको चुनावमा जिल्ला भरिको बदर मत ७.३ प्रतिशत झण्डै १७ हजार ७ सय ७३ मत थियो भने यस वर्ष ५.२९ झण्डै १० हजार ९ सय २१ मत बदर भएको हो । गत वर्षको चुनावमा पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा ८.२८ र ३ मा ८.८१ मत बदर भएको थियो । तर यस वर्ष भने क्षेत्र नम्बर २ मा ४.८७ र ३ मा ५.५१ मत मात्र बदर भएको जिल्ला निर्वाचण कार्यलय पर्साको तथ्याङकमा देखाउछन् । जबकि गत वर्षको चुनावमा निर्वाचण शिक्षा प्रणली समेत त्यति प्रभावकारि रुपमा लागु भएको थिएन् तर यसवर्ष अरु क्षेत्र भन्दा क्षेत्र नम्बर १ मै यतिका मत बदर जानु निर्वाचण शिक्षा प्रणलीमा प्रश्न खडा गर्छन् ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger