BREAKING NEWS

Health

Report

Amazing

From our Blog

वीरगंजमा १५ दिन अगाडी होलि (फोटो फिचर)

फागुन २४ पर्सा २०७२
होलि हो स् होलि आउन अझै १५ दिन बाकि छ । तर आज एका विहानौँ दर्जर्नौ युवा युवति होलि पर्व मनाइरहेका थिए । तर उक्त होलि ५ सकेन्ड नवित्दै रोकिन्थ्यो फेरि सुरु हुन्थ्यो । 
सन्दर्भहो वीरगंजको माईस्थान चोक अगाडी होलि पर्वलाई लक्ष्ति गर्दै संरक्षण फिल्मको सुटिङ भईरहेको थियो । वीरगंजको माईस्थान अगाडीको सडकमा केहि कार्यक्रम गर्न र दर्शक जुटाउन खासै समय लाग्दैन त्यसैको मेसो निकाल्दै फिल्म युनिट संरक्षणले होलिको गितको सुटि गरिराखेका छन् । केहि हप्ता अगाडी देखि तराईको बारा पर्सा जिल्लाको उत्कृष्ट स्थान गढीमाई, चिनिमेल लगायत वीरगंजको विभिन्न स्थानमा फिल्म सुटिङ्ग गरिराखेका छन् ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

महाशिवरात्रि पर्व : विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइचो (फोटो फिचर)

वीरगंज २४ फागुन २०७२
जियालाल साह 
आज महाशिवरात्रि पर्वको अवसरमा वीरगंज नगरक्षेत्रस्थित विभिन्न मठमन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।
बिहानैदेखि विशेषगरी शिवालय, शिवलिङ्ग तथा महादेवस्थानहरूमा श्रद्धालु महिला भक्तजनहरूले पूजा आराधना गरेका छन् । खासगरि वीरगंजको अलखिया मठ, चिनी मिल स्थित शिव मन्दिरमा विहानदेखि श्रद्धालु भक्तजनहरु पुजा पाठमा व्यस्त भएका छन् ।
वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल
मेलालाई व्यवस्थित गर्न मेला समितिले स्वयंसेवक र स्थानीय प्रहरी परिचालन गरेको छ । मन्दिरमा भक्तजनहरूले जल चढाउने देखि किसानहरूले वर्षेबाली अन्नको झुप्पा ‘झोटी’ मन्दिरमा लगेर चढाउने गरेका छन् । आज विहान जिल्ला प्रहरी कार्यालयले भक्तजनको सुविधाका लागि महिला र पुरुषको छुट्टै छुट्टै लाईन लगाएर पुजाको व्यवस्था गरेको छ भने खासगरि वृद्ध, अशक्तका लागि प्रथमिकताका साथ अलग दर्शनको व्यवस्था मिलाई दिएको छ । 
वीरगंज स्थित अलखिया मठमा ब्रतालु । तस्बिर जियालाल
यसैगरी पर्साको ग्रामीण क्षेत्रका मठमन्दिर, देवालयहरूमा पनि महाशिवारत्रिको अवसरमा विहान देखि घुइचो बढेको छ । आजबाटै पर्सा जिल्लाको ग्रामीण भेगमा धार्मिक एवं ऐतिहासिक महत्तव बोकेको जीराभवानी मेला शुरू भएको छ । दस दिनसम्म लाग्ने जीराभवानी मेला महादेवपट्टि र सेढवा गाविसको दोसाँधमा रहेको जीराभवानी मन्दिर परिसरमा लाग्ने गरेको छ । मेलामा भारतको बिहारबाट श्रद्धालु भक्तजनहरू आउने र दश दिन सम्म पुजा पाठ गरि महाशिवरात्रि मनाउने गर्दछन् । जीराभवानी मन्दिरमा विशेषगरी श्रद्धालु भक्तजनहरूले महादेवको प्रसादको रूपमा गाँजा र भाङ्ग चढाउने गरेको भए पनि बितेको ४/५ वर्षदेखि ग्रामीण क्षेत्रमा गाँजा उत्पादन बन्द भएकोले समस्या परेको स्थानीय भक्तजनहरूले बताएका छन् ।
वीरगंज स्थित अलखिया मठमा पुजा गर्र्दै ब्रतालु । तस्बिर जियालाल
यसैगरी आज साझ वीरगंजको ऊ शान्ति र विभिन्न शिवको भक्तहरुले शिवचर्चा एवं महिमा गायन विभिन्न ठाउमा राखेका छन् । भक्तजनहरुले शिवचर्चा गर्नुका साथैसाझ धुनी तापेर शिवको महिमा गाउने गर्दछन् ।

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

सयौँ नेपाली यूवालाई कुलतमा फसाएका, लागु औषध गिरोहका नाईके पक्राउ

पक्राउ परेका लागु औषधका नाईकेलाई सार्वजनिक गर्दै प्रहरी ।
माघ १६ पर्सा   
जियालाल साह
लागु औषध गिरोहको नाईकेलाई खैरो हिरोईन र लागु औषध सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले  आज सार्वजनिक गरेको छ ।
भारत विहार पुर्वि चम्पारण जिल्लाको रक्सौल थाना वडा नम्बर १२ बस्ने सलमान भाईको उपनामले प्रख्यात देवेन्द्र कुमार सुमनलाई शुक्राबार दिउसो प्रहरीले वीरगंज उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वा प्रहरी चौकि अगाडीबाट सुराकिको अधारमा पक्राउ गरेको हो । उनको साथबाट खैरो हिरोईन २८ ग्राम, डाईजिपाम, फेनारगण र नर्फिन एक सय दश, दश पिस र ८ हजार ९ सय ४५ नेपाली रुपैया र ३ सय ३० रुपैया भारतिय रुपैया समेत बरामद गरेको हो ।
पक्राउ परेका सुमन मधेश आन्दोलन कै क्रममा ८/१० जना युवा जम्मा पारी सलमान भाईको नारा लगाउदै आन्दोलन ताकै नेपाल भारत सिमानाकाको धर्नास्थल मितेरी पुलमा चर्चित रहेका थिए । शुक्रबार नेपालका डिलरहरुसंग १० लाख रुपैयामा सहमति भएर लागु औषध तथा खैरो हिरोइन ल्याएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होविन्द्र बोगटिले बताए । उनले भने पक्राउ परेका सुमनले सयौँ नेपाली युवालाई लागु औषधमा फसाएका छन् । यिनैको कारण वीरगंज, जनकपुर, काठमाडौँ लगायतको रिहाब सेन्टरहरु चलिरहेका छन् । सुरुमा ड्रग प्रयोगका लागि दिन्छन् पछि नेपाली युवाहरु छुटकरा पाउनलार्य बाध्य भएर रिहाब सेन्टरहरुमा भर्ति हुने गर्दछन् । 
भारतदेखि नेपाल सम्मको लागुऔषधको संजाल बारे जनकारी गराउदैँ पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ ।
५ वर्ष अगाडी देखि सलमान भाईको नामले अफ्नो भिजिटिङ कार्ड बनाएर नेपालको काठमाडौँ, ललितपुर, चितवन, नरायणघाट, हेटैडा, विराटनगर, लगायत विभिन्न ठाउँमा आफनो डिलर राखेर लागुऔषधको गिरोह सञ्चालन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । सुमनले भारतको मझफरपुर, मोतिहारी, पटना लगायतको स्थानबाट लागुऔषध ल्याई रक्सौलमा भण्डारण गरि आफुले सञ्चालन गरेको माँ दुर्गा ड्रग एजेन्सी मार्फत नेपालको विभिन्न ठाउमा सप्लाई तथा विक्रि वितरण गर्दै गरेका थिए । अपराधिको कुनैपनि पार्टि, जात, क्षेत्र नभएकाले अपराधि मानव समाजको विरोधी र समाजको विरोधी समेत विरोधी भएकाले प्रहरीले अपराधिलाई आन्दोनसंग कुनैपनि साठघाठ भए, नभएपनि अपराधको दृष्टीकोणले कार्वाहि गर्ने प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

शहीदको शालिक रहेको स्थानमा मोर्चाको प्रहार


शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
माघ १६ पर्सा
जियालाल साह
मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगंजमा शहीद तेजबहादुर अमात्यको शालिक रहेको स्थानमा ढुंगामुढा  र टायर  बालेर समेत प्रदर्शन गरेका छन् । आज शहीद दिवस हो । गण्डकस्थित शहीद तेजबहादुर अमात्यको शालिकमा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले फूलमाला चढाई श्रद्धाञ्जलि व्यक्त गरेलगत्तै पुगेका मधेशकेन्द्रित दलका नेता कार्यकर्ताले फूलअबिर चढाएको स्थानमा नियतबस कुल्चँदै, ढुंगा हान्दै र छेउमै टायर बालेर नेपाली कांग्रेसविरुद्ध नाराबाजी गरेका हुन् ।
कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको शहीद थिरबम मल्लको शालिकमा माल्यार्पण गरेपछि गण्डकमा रहेको शहीद तेजबहादुर अमात्यको शालिकमा समेत माल्यार्पण र श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
शहीदको शालिक अगाडि विरोध प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ता । तस्वीर ; जियालाल साह
कांग्रेसको झण्डा सहितको जुलुसलाई घण्टाघरबाटै पछ्याईरहेका मधेशी मोर्चाका स्थानीय नेता शिव पटेल र उनका कार्यकर्ताको समूहले अमात्यको शालिक भएको स्थानमा पुगेर शहीद बारे लेखिएको संगरमरमरमा ढुंगा हान्दै, फूलमाला कुल्चेर कांग्रेसविरोधि नारा लगाएका थिए ।
घटना लगत्तै पुगेको प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई शालिक परिसर बाहिर निकालेपछि त्यसस्थानमा तोडफोड भने हुन पाएन ।
कांग्रेस नगर समितिका सभापति महमद सहाबुद्दिनले शहीद मधेश वा पहाडको नभई मुलुककै हुने भएकाले उनीहरुलाई सबैले सम्मान गर्नुपर्ने बताए ।
कांग्रेस वीरगञ्ज नगर कार्यसमितले शहीद दिवसको अवसरमा नारायणी उपक्षेत्रीय अस्पतालमा एक थान नेबुलाईजर प्रदान गर्नुका साथै बिरामीहरुका लागि फलफुल वितरण समेत गरेको थियो ।

जियालाल साह, वीरगञ्ज हिमालखबर
हिमालखबर

हिमालखबर
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

नेपाल युवा विश्वकपको क्वाटरफाइनलमा


माघ १६, पर्सा
उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू १९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो ।
प्रतियोगिताको समूह डी मा नेपालसँगै भारत लगातार दुईरदुई खेल जितेपछि यो स्थिति तयार भएको हो । भारत पनि प्रतियोगितको अन्तिम आठमा पुगेको छ । नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको हो । नेपालले पहिला खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
नेपाल यसअघि सन् २००० को यू १९ विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । तर त्यति बेला नेपाललाई भाग्यले साथ दिएको थियो । यसपल्ट भने नेपालले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धीलाई आत्मसात् गरेको हो । अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।
लगातार दुई खेल हारेपछि यो समूहका अरु दुई टिम न्युजिल्यान्ड र आयरल्यान्डको चुनौती समाप्त भएको छ । उनीहरूबीचको लिगको अर्को खेलको औपचारिक अर्थ हुने छैन् । उनीहरूले अब प्लेट च्याम्पियनसिपमा खेल्नेछन् । भारतले भने शनिबारको अर्को खेलमा न्युजिल्यान्डलाई १ सय २० रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको भारतले त्यस खेलमा आठ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ओभरमा ३१.३ ओभरमा अलआउट भएर १ सय ३८ रन मात्र जोड्न सक्यो । यसअघि भारतले आयरल्यान्डलाई हराएको थियो ।  
नेपालको क्वाटरफाइनलमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । त्यसका लागि नेपाल र भारतबीचको खेल तथा त्यसपछि तय हुने समूह विजेता र उप विजेताले निर्णायक भूमिका खेल्नेछ । समूह डी को क्वाटरफाइनल समीकरण समूह ए सँग रहेको छ । यस समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् ।
समूह डी को विजेताले समूह ए को उप विजेतासँग खेल्नेछ । यस्तै समूह डी को उपविजेताले समूह ए को विजेतासँग खेल्नेछ । अन्तिम खेल अगाडि समूह डी मा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

बारा र पर्सामा शुरु भएनन् नेपाली काग्रेशको निर्वाचणको चहलपहल

 माघ १५ वीरगंज
जियालाल साह
नेपाली काग्रेशको निदेशन अनुसार आज देशभर काग्रेशको निर्वाचण भएपनि बारा र पर्सामा कुनै पनि निर्वाचनको कार्यक्रम भएको छैन् ।
केन्द्रले गाउँ तथा नगरमा चुनावको लागि निर्देशन दिएपनि । मधेशी मोर्चाको विरोधको कारण अधिवेशन हुन सकेको छैन् । केन्द्रिय निर्देशन अनुसार आज हरेक जिल्लामा निर्वाचन अधिकृत पठाएको भनिएपनि बारा र पर्सामा भने अधिकृतहरु सम्पर्कमा आएका छैनन् । पर्सा जिल्लाको पार्टि सभापति सांसद सुरेन्द्र चौधरी वीरगंज बाहिर रहेकाले कुनै पनि निर्वाचणको प्रकृया नै शुरु नभएको नेपाली काग्रेश नगर कार्य समितिका सभापति महम्द सावुदिनले जनकारी गराउनु भएको छ ।
यसैगरि बारामा भोलि सनिवार जिल्ला सभापति, सांसद र परवेक्षक तथा केन्द्रिय सदस्यहरुको बैठक वसि निर्वाचण बारे निर्णय गर्ने सिमरा इकाइ कमिटिका अध्यक्ष श्यामबाबु गुप्ताले बताए । जिल्ला सभापति आएपनि निर्वाचण अधिकृत सम्पर्कमा नआएकाले आज कुनैपनि गतिविधि गर्न नसकेको सिमरा इकाइ कमिटिका अध्यक्ष गुप्ताले बताए । खासगरि काग्रेश निकट नेपाल शिक्षक संघ बाराले कुनै पनि गाउँ तथा नगर लगायतको अधिवेशनमा सहभागि नहुने केहि दिनअघि विज्ञप्ती निकालेर जनाएका थिए । आन्दोलन कै कारण बाराको ६ वटै निर्वाचण क्षेत्र मध्ये १, २, ३, ४, र ५ मा कुनै पनि गतिविधि भएको छैन तर क्षेत्र नम्बर ६ मा भने भोलि बैठक वसि छलफल गर्ने बताएका छन् । खास गरि १ देखि ४ सम्म मा मधेशी मोर्चाको बहुलियत रहेकाले यस क्षेत्रमा निर्वाचन नहुने जनाईएको छ ।
 

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

वीरगंज भन्सार कार्यालय भएरै खुलेयाम तस्करी

खुलेयाम ईन्धन तस्करी । तस्बिर : जियालाल साह
 माघ १५ पर्सा
तस्करी : वीरगंज भन्सार कार्यालय अगाडी खुलेयाम भारतबाट ल्याईएका ईन्धन नेपाली गाडीमा लोड हुदैँ । तस्करीले झण्डै नेपाल सरकारको राजश्व संकलन हुने १० अर्ब भन्दा बढी रुपैया तस्करको गोजिमा गएको हो ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

नाकाबन्दीपछि पहिलोपटक पाँचवटा मालवाहक गाडी रक्सौलबाट भित्रियो, मोर्चाको धर्ना खुकुलो, ड्राईपोर्टको अवरुद्ध समेत हटयो ।



वीरगंज भन्सार कार्यालयमा भित्रिएका ट्रकहरु ।  तस्बिर : जियालाल साह

माघ १५ पर्सा
जियालाल साह
भारतले गरेको नाकाबन्दीको आज १ सय २९ औँ दिनमा पहिलो पटक भारतिय कष्टमबाट ५ वटा मालबाहक ट्रक वीरगंज भन्सार कार्यालय पठाएको छ । भने वीरगंजबाट पनि भारतिय तथा नेपली नम्बरको ४ वटा ट्रक रक्सौल गएको छ । यसैगरी बारा, पर्साका काफिला बाबा, कावारिया संघले ड्राइपोर्ट सडकमै दिईरहेको धर्ना प्रहरीले समझाई बुझाई गरेपछि हटेको छ ।
आन्दोलनरत मधेशी मोर्चाले नेपाल भारत सिमानाको मितेरी पुलमा सितलहरले गर्दा विहान २÷३ जनाले मात्रै धर्ना दिईरहेका बेला पुलकै बाटो भएर पहिलो पटक ५ वटा मालबाहक ट्रक वीरगंज भित्रिएको हो । सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग बन्द हुदै आसोज ७ गतेदेखि नेपाल भारत सिमानाकाको प्रमुख नाकामा मधेशी मोर्चाले धर्ना दिदै आएको थियो । धर्नाको आडमा भारतले वीरगंज भएर कुनैपनि माल समान बोकेका ट्रक तथा कन्टेनरहरु भित्रिन  दिएका थिएनन् तर संविधान संशोधन गरेयता भारतिय कष्टमले मालबस्तुको कागजात बनाउनमा सहज दिन थालेकाले समानहरु भित्रन लागेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता सुशिल कुमार शर्माले बताए । भारतिय कष्टम पठाउने वितिकै मोर्चाका कार्यक्रर्ताले बाटो अवरुद्ध गरिसकेका छन् कष्टम कागजातका कामहरु त गरिरहेका छन् तथापि अहिले नै नाका सहज हुने आकलन गर्न गाह्रो हुने प्रवक्ता शर्माले बताए ।
उक्ता ड्राइपोर्ट सुख्खा बन्दरगाह अगाडी मुख्य सडकमा बाबा धाम जाने कावरिया बाबाहरुले हिजोबाट अवरुद्ध गरेको बाटो आज दिउसोबाट जिल्ला प्रहरी कार्यालयले सम्झाई बुझाई गरेपछि अवरुद्ध खुलेको छ । ब्यापक प्रहरी, दमकल सहित पुगेको प्रहरी टोलिको समझाई बुझाईपछि कावरिया बाबाहरुले बाटो छोडेका थिए ।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

नेपालद्वारा न्यूजिल्यान्ड ३२ रनले पराजित


माघ १४, २०७२
बंगलादेशमा भइरहेको आईसीसी यू–१९ विश्वकपको समूह डीमा रहेको नेपालले  न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । टस हारी पहिलो ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । 
२३९ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको न्यूजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर मात्र २०६ रन बनाउन सक्यो । नेपाली बलर दिपेन्द्र ऐरील ३ र प्रेम तामाङले २ विकेट लिए भने सुनिल धमला र सन्दिप लामिछानेको खातामा पनि १–१ विकेट परेको छ ।
न्यूजिल्यान्डका ब्याट्स्म्यान ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन बनाएर आउट भए भने जोश फिनीले ३७ रन बनाएका थिए । उच्च स्कोर बनाउने दुवैको विकेट तामाङले झारेका हुन् ।
पहिलो ब्याटिङ गरेको नेपालका तर्फबाट कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ओपनर सन्दीप सुनार ६७ बलमा ३९ रन बनाए भने अर्का ब्याट्स्म्यान आरिफ शेखले पनि ३९ रन बनाउन सफल भए । नेपालका लागि कुशल भुर्तेलले पनि महत्वपूर्ण ३५ रनको योगदान गरे ।
न्युजिल्यान्डका नाथन स्मिथले नेपालको ३ विकेट लिए । By http://bit.ly/1OR5TZn

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

दुई महिनामा एकै टोलका २६ जनाको मृत्यु

माघ १४ पर्सा
जियालाल साह
पर्साको पोखरीया नगरपालिका अन्तर्गत पर्ने सतवरीया –४ मा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन्, कोही झारफूकमा भने कोही साधु–बाबाका पछाडि दौडिएका छन् ।

गाउँको घरघरै पुगेर जानकारी लिदै जनस्वास्थ्य कार्यालयको टोली । तस्बिर : जियालाल साह
दुई महिनाभित्रै २६ जनाकोे मृत्यु भएपछि गाउँमा त्रास फैलिएको स्थानीय राजेश्वर ठाकुरले बताए । अधिकांश गाउँलेहरु देउता रिसाएर वा कुनै दुष्टात्माको प्रकोपले गाउँमा महामारी फैलिएको दाबी गर्छन् । गाउँलेहरुले भागवत पाठको समेत तयारी गरेका छन् ।
मृत्युको कारण भने एउटै छैन ।

सतवरीयामा धेरैको मृत्यु भएको खबर पाएपछि घरघरै पुगेर जानकारी लिएको जनस्वास्थ्य कार्यालयको टोलीले गाउँमा कुनै महामारी फैलिएको नभई विभिन्न रोगका कारण मृत्यु भएको जनाएको छ ।

टोलीको प्रतिवेदनले अलग अलग कारणले मृत्यु भएकोले गाउँमा महामारी नफैलिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

मृत्यु हुनेमा नबजात शिशुदेखि १०२ वर्षका वृद्ध समेत छन् ।

जन्मदेखि १२ वर्ष उमेर समूहका ८ जना १२ देखि ५५ वर्ष उमेर समूहका ६ जना र ५५ देखि १०२ वर्ष उमेर समूहका १२ जनाको पछिल्लो दुई महिनामा मृत्यु भएको हो ।

मृत्यु भएका बालबालिकामध्ये तीन जनाको झाडापखाला (कोल्ड डायरिया), एक जना कम तौलको जन्मेका कारण, दुई जना ‘सिडस्’ (सडेन इन्फ्यान्ट डेथ सिन्ड्रोम) का कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरीया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रोसन चौरसीयाले बताए ।

यद्यपी विरामीले निरन्तर औषधि सेवन गरे–नगरेको, रोगले च्यापिसकेपछि मात्रै औषधि लिएको हुनसक्ने र मृत्यु हुनभन्दा अघि रोगीको अवस्थाबारे थाहा नभएको उनले बताए । उनले भने , सिडस्’ बाट मृत्यु भएका परिवारसँग बुझ्दा राति मज्जाले बच्चा दुध खाई सुतेको छ, विहान जगाउदाँ मृत्यु भएको पाईएको छ ।
मृत्यु भएका २६ जना मध्येका मकसुद मियाका नाती झ्यलबाट चिहाउँदै । तस्बिर : जियालाल साह
 ज्यान गुमाउनेमध्येकी २२ वर्षीया धनवंती देवीको प्रसुतिका बेला अत्याधिक रक्तस्राव भएर मृत्यु भएको र आमाको मृत्यु भएको केही बेरमै बच्चाको समेत मृत्यु भएको उनका श्रीमान ललन रामले बताए ।
चिसोकै कारण १२ दिनका प्रदुमन चौहानको समेत मृत्यु भएको चिकित्सकले बताएका छन् । अन्यलाई टाउको दुख्ने, पक्षघात, मानसिक समस्या, दम, किडनीको रोग, क्यान्सरबाट मृत्यु भएको बुझिए पनि मृत्यु हुनुअघि विरामीलाई स्वास्थ्य संस्थामा नलगिएकाले मृत्युको एकिन कारण थाहा पाउन गाह्रो हुने जनस्वास्थ्य अधिकृत राजकिशोर प्रसादले बताए ।
गाउँलेमा चेतनाको अभाव, अन्धविश्वास छ, त्यसले पनि रोगको संक्रमण हुने र उपचार नपाई मृत्यु भएको हुनसक्छ,” उनले भने ।

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger